मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त

वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त

images
२०८१ फाल्गुण २७ गते, मंगलवार
२०८१ फाल्गुण २७ गते, मंगलवार
  • काठमाडौं। वीर अस्पतालको निर्देशक डा. दिलिप शर्मा नियुक्त भएका छन्।

    images

    स्वास्थ्य मन्त्री प्रदीप पौडेलले शर्मालाई दुई वर्षका लागि वीरको निर्देशक पदमा नियुक्त गरेका हुन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको सिफारिसमा न्याम्सका सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री पौडेलले उनलाई निर्देशक पदमा नियुक्त गरेको स्वास्थ्यमन्त्रीको सचिवालयले बतायो।
    `न्याम्सका उपकुलपतिको सिफारिसमा न्याम्सका सहकुलपति रहनुभएका स्वास्थ्य मन्त्री पौडेलले शर्मालाई निर्देशक नियुक्त गर्नुभएको हो,´ मन्त्री पौडेलको सचिवालयले एक्सरे नेपालसँग भन्यो।

    images

    वीरको निर्देशक पदका लागि डा. शर्मा सहित डा. अनुपमा कार्की र डा. समाज गौतमको नाम सिफारिस भएको थियो। सिफारिसको पहिलो नम्बरमा शर्मा नै थिए।

    डा. शर्मालेसमेत आफू वीरको निर्देशकमा नियुक्त भएको पुष्टि गरे। `आजै पत्र बुझेर जिम्मेवारी सम्हाल्ने तयारीमा छु,´ शर्माले एक्सरे नेपालसँगको फोन संवादमा भने।

    स्वास्थ्यमन्त्री पौडेलले यसअघि वीर अस्पतालको निर्देशक रिक्त भएपछि डा. समाज गौतमलाई निमित्त निर्देशकको जिम्मेवारी दिएका थिए। त्यसअघि डा. सन्तोष पौडेल वीरको निर्देशक थिए। उनको दुई वर्षे कार्यकाल गत ४ फागुनमा सकिएको थियो।

    नव नियुक्त डा शर्मासंग यसअघि चिकित्सा शिक्षा आयोगको निर्देशक, नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार जस्ता पदमा रहेर प्रशासनिक जिम्मेवारी सम्हालेको अनुभव समेत छ। हाल उनी वीर अस्पतालमा कलेजो रोग विशेषज्ञका रुपमा कार्यरत थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend