मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले नियुक्त

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले नियुक्त

images
२०८१ फाल्गुण २७ गते, मंगलवार
२०८१ फाल्गुण २७ गते, मंगलवार
  • काठमाडौं। सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्लेलाई नियुक्त गरेको छ।

    images

    सोमबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. काफ्लेलाई नियुक्त गर्ने नर्णय गरेको हो।

    images

    बोर्डको कार्यकारी निर्देशक पदका लागि डा. काफ्लेसहित डा. कृष्ण अधिकारी र कमल पन्थी गरी तीन जनाको नाम सिफारिस भएको थियो।

    मन्त्रिपरिषद्ले कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले सिफारिस गरेका मध्येबाटै अर्थशास्त्रमा विद्यावारिधी गरेका डा. काफ्लेलाई नियुक्त गरेको हो।

    यस अघिका बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाको चार वर्षे कार्यकाल गत कात्तिक २५ गतेबाट सकिएपछि बोर्ड निमित्तको भरमा थियो। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले  डा. सरोज शर्मालाई अर्को व्यवस्था नभएसम्मका लागि बीमा बोर्डको निर्देशकको जिम्मेवारी दिएका थिए।

    कार्यकारी निर्देशक नियुक्त काफ्ले स्वास्थ्य मन्त्रालयले केही समयअघि गठन गरेको स्वास्थ्य बीमा सुधार कार्यदलको सदस्यसमेत थिए। यस्तै उनी हालका स्वास्थ्य मन्त्री पौडेलका विज्ञ सल्लाहकार समूहका सदस्यको भूमिकामासमेत थिए।

    काफ्लेसँग वैदेशिक रोजगार बोर्डको कार्यकारी प्रमुखको रुपमा काम गरेको अनुभवसमेत छ। उनके बोर्डमा ४ वर्ष काम गरेका थिए। यस्तै उनी गण्डकी प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षको रुपमा १९ महिना पदमा थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend