काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा नवौं तहमा कार्यरत कन्सल्टेन्ट नेफ्रोलोजिष्ट डा. सन्तोष क्षेत्रीलाई मन्त्रालयले सेवाबाट हटाउने तयारी गरेको छ।
क्षेत्री गत साउन १८ गतेदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित हुँदै आएको भन्दै मन्त्रालयले सोमबार दोस्रोपटक सार्वजनिक सुचना प्रकाशित गरेको हो।
मन्त्रालयले सुचनामा क्षेत्रीलाई यसअघि ७ दिने स्पष्टीकरण सोधिएको तर सन्तोषजनक जवाफ नआएको भनेको छ। उनलाई मन्त्रालयले गत फागुन १० गते ७ दिने स्पष्टीकरण सोधेको थियो।
मन्त्रालयले जवाफ चित्त बुझ्दो नभएको भन्दै पुन: स्पष्टीकरण सोधेको हो। हाल सोधिएको स्पष्टीकरणमा `सेवाबाट किन नहटाउने?´ भन्ने प्रश्न गरिएको छ। क्षेत्रीलाई स्पष्टीकरणको जवाफ बुझाउन १५ को समय दिइएको छ।
सुचनामा सेवाबाट हटाउनु नपर्ने कुनै कारण भए सबुत प्रमाणसहित स्पष्टीकरण पेस गर्न भनिएको छ।




