काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजाको पक्षमा सडकमा देखिएको जनलहरलाई तेस्रो जनआन्दोलनको शुभारम्भ भनेका छन।
आइतबार साँझ सामाजिक संजाल फेसबुकमा आफ्नो धारणा लेख्दै उनले भनेका छन,`देशलाई संकटबाट मुक्त तुल्याउन राजाले सहयोगको लागी गरेको आह्वानलाई साथ दिँदै आज सडकमा देखिएको जनलहर तेस्रो जनआन्दोलनको शुभारम्भ हो। स्वस्फूर्त जन उपस्थितिका निम्ति सबैमा हार्दिक आभार। अब चाँडै सबै मिलेर अर्को कार्यक्रमको घोषणा गर्नुपर्छ।´
आइतबार पुर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौ आउदैगर्दा थापासमेत स्वागतका लागि विमानस्थल पुगेका थिए। उनले पुर्वराजा शाहलाई उनीसवार स्वारीमा पुगेर पुष्प गुच्छा दिंदै स्वागत गरेका थिए।




