मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कांग्रेसले सुरु गर्यो ‘मिसन रोजगारी’ अभियान

कांग्रेसले सुरु गर्यो ‘मिसन रोजगारी’ अभियान

images
२०८१ फाल्गुण २५ गते, आइतवार
२०८१ फाल्गुण २५ गते, आइतवार
  • काठमाडौं। नेपाली कांग्रेसले आजबाट ‘मिसन रोजगारी’ अभियान सुरु गरेको छ।

    images

    आइतबार केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपाबाट कांग्रेसले  ‘मिसन रोजगारी’ अभियान सुरु गरेको हो।

    images

    अभियान अन्तर्गत महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले रोजगारीका क्षेत्र र संभावनामाथी विषय विज्ञसँग `अब रोजगारका कुरा गरौँ’ विषयक छलफल र बहस गर्नेछन। यो अभियान एक वर्षसम्म चल्नेछ भने अभियान दुई चरणमा अघि बढ्ने छ।

    देशमा रोजगारीको अवस्था नदेखेर विदेशिने युवाको संख्या बढ्दै गएपछि कांग्रेसले रोजगारीका लागि बहसको थालनी गरेको जनाएको छ।

    कांग्रेस महामन्त्री थापाले समस्याको पहिचान र समाधानका लागि अभियान महत्त्वपूर्ण हुने बताए। उनले रोजगारीको सम्भावनालाई अभियानले खोतल्ने र अध्ययन तथा अनुसन्धान हुने जानकारी दिएका हुन।

    मिसन रोजागारी अभियानको प्रारम्भमा विभिन्न क्षेत्रसँग संवाद गरिने छ । फरक–फरक क्षेत्रका व्यक्तिहरूसँग संवाद हुँदा त्यसबाट समस्याको पहिचान हुने कांग्रेसले जनाएको छ।

    अभियानका क्रममा रोजगारीको अर्थ राजनीति, वैश्विक परिदृश्य, उत्पादकत्वको समस्या, सीपको समस्या, व्यावसायिक सुरक्षा, श्रम र रोजगारीको भविष्य लगायतमा छलफल चल्ने छ। मिसन रोजगारी मार्फत विश्वविद्यालय, सरकार र उद्योगलाई जोडिने कांग्रेसले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend