मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पूर्वराजा ज्ञानेन्द्रको काठमाडौंमा भब्य स्वागत, विमानस्थलबाट निर्मल निवास पुर्याइयो

पूर्वराजा ज्ञानेन्द्रको काठमाडौंमा भब्य स्वागत, विमानस्थलबाट निर्मल निवास पुर्याइयो

images
२०८१ फाल्गुण २५ गते, आइतवार
२०८१ फाल्गुण २५ गते, आइतवार
  • काठमाडौँ। निजी भ्रमणका लागि पोखरा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौ अवतरण गर्दा उनलाई भब्य स्वागत गरिएको छ।

    images

    उनी आज दिउँसो ३ बजे समिट एयरको चार्टर उडानमार्फत पोखराबाट काठमाडौं आएका हुन। एक साताको पोखरा बसाईपछि उनी हवाइमार्ग हुँदै काठमाडौं विमानस्थल ओर्लदा उनलाई राप्रपा, राप्रपा नेपालसहितका केही दल र उनका समर्थकहरुले भब्य स्वागत गरे। 

    images

    उनको स्वागतका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राजावादी अभियनता दुर्गा प्रसाईंसहित समर्थकहरु विमानस्थल पुगेका थिए। 

    शाहको स्वागतमा विमानस्थलमा भिड बढ्दा सवारी आवागमन अस्तब्यस्त भएको थियो। पुर्वराजा शाहलाई समर्थकहरुले राष्ट्रिय झण्डा, फूलमाला र शाहको तस्वीर अंकित ब्यानर एवम् पम्प्लेटसहित स्वागत गर्दै विमानस्थल देखि महाराजगञ्जस्थित निर्मल निवाससम्म पुर्याएका छन।

    उनको स्वागतका लागि काठमाडौ, भक्तपुर तथा ललितपुरका विभिन्न स्थानबाट र्‍याली तथा जुलुस नै निस्किंएको थियो।

    सुरक्षा निकायले भने अवस्थाको विश्लेषण गर्दै हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन नदिन सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखेका थिए भने काठमाडौंको सुरक्षा ब्यवस्था कडा बनाइएको थियो। सडकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend