मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रौतहटका अवैध अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

रौतहटका अवैध अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

images
२०८१ फाल्गुण २३ गते, शुक्रवार
२०८१ फाल्गुण २३ गते, शुक्रवार
  • रौतहट। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले रौतहटमा मापदण्ड विपरीत संचालित १० निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन।

    images

    मुख्यमन्त्री सिंहले बिहीबार साँझ गरुडा र शिवनगरमा सञ्चालित निजी अस्पतालहरूको छड्के अनुगमन निरीक्षण गर्दै मापदण्ड पुरा नगरी सञ्चालनमा रहेका १० निजी अस्पताललाई बन्द गर्न निर्देशन दिएका हुन्।

    images

    गरुडा नगरपालिका–५ शिवनगरमा स्थित आनन्द अस्पताल एक्यूपन्चर सेन्टर प्रालि, गरुडा –४ गरुडामा अनामिका हस्पिटल, रोमा हस्पिटल, सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल प्रालि, नेत्र ज्योति, होप हस्पिटल लगायतका हस्पिटल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन्।

    अनुगमनको क्रममा नियम विपरीत सञ्चालनमा रहेका हस्पिटलहरु बन्द गर्न निर्देशन दिएको मुख्यमन्त्री सिंहले बताएका थिए। उनले मापदण्ड पुरा गरेपछि मात्र अस्पताल भन्दै सञ्चालकहरूलाई लिखित पत्र नै थमाएका थिए।

    मापदण्ड पुरा नगरी हस्पिटल सञ्चालन गरेको पाइएमा अस्पताल सञ्चालकलाई पक्राउ गरी कार्यवाही गर्ने समेत मुख्यमन्त्री सिंहले चेतावनी दिएका छन्। मुख्यमन्त्री सिंह गरुडामा अनुगमन गर्न आएको थाहा पाउने वितिकै कैयौं हस्पिटलका सञ्चालकहरुको भागाभाग भएको थियो।

    मुख्यमन्त्री सिंह अनुगमनमा आएको सुचनापछि सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल प्रालि, नेत्र ज्योति अस्पतालका सञ्चालकहरु हस्पिटल बन्द गरी फरार भएका थिए। तर पनि मुख्यमन्त्री सिंहले ति हस्पिटलहरुलाई समेत कार्यवाही स्वरुप बन्द गर्न निर्देशन दिएका हुन्।

    शिवनगरका आनन्द हस्पिटल एक्यूपन्चर सेन्टरका सञ्चालक एवं कथित डाक्टर उमेश प्रसाद साह मुख्यमन्त्री सिंह आएपछि हस्पिटल छाडेर फरार भएका थिए।

    अनुगमनको क्रममा आनन्द हस्पिटल अनुमति गरुडा नगरपालिकाबाट कानुन विपरीत २५ बेडको अनुमति लिएर ६० भन्दा बढी बेड राखेको, एउटा भवनमा हस्पिटल सञ्चालन गर्ने अनुमति लिएर तीनवटा भवनमा  सञ्चालन गरेको, अन्य मापदण्ड पुरा नगरेको देखिएको मुख्यमन्त्री सिंहले बताएका छन्।

    पालिकाले निजी अस्पताललाई १५ बेडको मात्र अनुमति दिन पाउने अधिकार विपरीत गरुडा नगरपालिकाले आनन्द हस्पिटललाई २५ शय्या बेडको अस्पताल सञ्चालन गर्न अनुमति दिएको देखिएकोले गरुडा नगरपालिकालाई समेत कार्यवाही हुने बताएका छन्।

    रौतहट जिल्लामा पछिल्लो समय मापदण्ड विपरीत अस्पताल सञ्चालन गर्ने क्रम बढेको छ। अधिकांश अस्पतालमा एम्बुलेन्स रोक्ने पार्किङ स्थल समेत छैन।

    यस्ता अस्पतालको निगरानी र अनुगमन हुन नसक्दा बेथिति र सर्वसाधारणले सास्ती खेप्नु परेको छ। गौर चन्दरनिगाहपुर सडक खण्डमा दर्जनौँ स्थानमा दर्ता नै नभएका निजी अस्पतालहरू सञ्चालनमा रहेको छन्।

    मुख्यमन्त्री सिंहले यस अघि चन्द्रनिगाहपुर स्थित अनुगमनको क्रममा १० वटा अस्पताल बन्द गर्न निर्देशन दिएका थिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend