मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

एमडीएमएस प्रक्रिया खरिदमा २३ करोडभन्दा बढी भ्रष्टाचार : कोको मुछिए?

एमडीएमएस प्रक्रिया खरिदमा २३ करोडभन्दा बढी भ्रष्टाचार : कोको मुछिए?

images
२०८१ फाल्गुण २३ गते, शुक्रवार
२०८१ फाल्गुण २३ गते, शुक्रवार
  • काठमाडौ। मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रक्रियामा भ्रष्टाचार भएको अदालतले ठहर गरेको छ।

    images

    विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षहरु दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालले एमडीएमएस खरिद प्रक्रियमा भ्रष्टाचार गरेको ठहर गरेको हो।

    images

    विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो मुद्दा दर्ता गराएको थियो। विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, रित्तेन्द्र थापा र विदुर कोइरालाको इजलासले एमडीएमएस खरिद गर्दा २३ करोडभन्दा बढी भ्रष्टाचार भएको ठहर गरेको हो।

    अदालतले अख्तियारले प्रतिवादी बनाएकामध्ये दुई व्यक्ति र तीन कम्पनीलाई मात्रै दोषी ठहर गर्दै अन्यलाई भने सफाइ दिएको छ। प्रतिवादीहरू आनन्दराज खनाल, दिपेश आचार्य, सुरेन्द्रलाल हाडा, मीनप्रसाद अर्याल, अच्युतानन्द मिश्र, रेवतीराम पन्थ, सन्दीप अधिकारी, विनोदचन्द्र श्रेष्ठ, सूर्यप्रसाद लामिछाने, प्रतीक्षा पौडेल, विजयकुमार राय यादव र निराजन कोइरालालाई भने विशेष अदालतले सफाइ दिएको हो।

    अख्तियारले एमडीएमएस प्रणाली खरिद गर्दा ९१ करोड ९८ लाख ३० हजार ८८२ भ्रष्टाचार भएको दाबी गरे पनि अदालतले भुक्तानी भएको रकमलाई मात्रै बिगो कायम गरी २३ करोड २० लाख ५९ हजार ३१४ मात्रै भ्रष्टाचार भएको ठहर गरेको हो।

    उक्त रकम दोषी ठहर भएका २ व्यक्ति र ३ कम्पनीबाट असुल गर्न अदालतले आदेश दिएको छ।

    झा, खनाल, निउमेरा (एम) एसडीएन.Bhd., मलेसिया, नमस्ते ग्लोबल कम प्रालि, सिंगापुर, ओएसआई डिजिटल प्रालि र इन्डिया (जेभी) दातुक मोहम्मद नुर अमिन भन्ने मोहम्मद नुर अमिन बिन मोहम्मद बिन मोहम्मद नुर खानबाट जनही ५ करोड ८० लाख १४ हजार ८२८ रुपैयाँ असुल गर्न अदातले भनेको छ। अदालतले झा र खनाललाई एक वर्ष एक महिना कैदको फैसला पनि गरेको छ। 

    विशेष अदालतको फैसलामा एमडीएमएस प्रणाली खरिद गर्दा अस्वभाविक ढंगले स्पेसिफिकेसन गरिएको र बढी मूल्य राखेर खरिद गरेको उल्लेख छ। दूरसञ्चार प्राधिकरणलाई आवश्यक पर्नेभन्दा पनि भन्दा पनि अन्य स्वार्थ राखेर एमडीएमएस प्रणाली खरिद गरिएको ठहर अदालतको छ।

    यस्तै एमडीएमएस प्रणाली खरिद गर्दा सार्वजनिक खरिद ऐन २०६३ र त्यसको नियमावली २०६४ ले तोकेका प्रक्रिया पूरा नगरेको ठहर विशेष अदालतले गरेको छ। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend