काठमाडौं। सरकारले जारी गरेका विभिन्न ६ मध्ये ५ अध्यादेश बिहीवार बसेको राष्ट्रियसभा बैठकबाट स्वीकृत भएको छ।
बिहीबार राष्ट्रियसभाको बैठकमा निर्णयार्थ पेस भएका ५ विभिन्न अध्यादेशहरु राष्ट्रियसभाबाट पनि बहुमतले स्वीकृत भएको हो।
जसअनुसार सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ राष्ट्रियसभाबाट स्वीकृत भएको हो। यी अध्यादेश प्रतिनिधि सभाबाट पनि स्वीकृत भैसकेका छन।
त्यसअघि बिहीवारको बैठकबाट उक्त अध्यादेशविरुद्ध परेका विरोधका सूचनाहरू अस्वीकृत भएका थिए। अध्यादेश संघीय संसदको दुवै सदनबाट पारित भएसँगै प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ।



