मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्य सचिव डा. देवकोटाले गरे पदबहाली

स्वास्थ्य सचिव डा. देवकोटाले गरे पदबहाली

images
२०८१ फाल्गुण २२ गते, बिहिवार
२०८१ फाल्गुण २२ गते, बिहिवार
  • काठमाडौं। नवनियुक्त स्वास्थ्य सचिव डा.विकास देवकोटाले पदाबहाली गरेका छन्। देवकोटालाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सचिवमा नियुक्त गरेको थियो।

    images

    बिहीबार मन्त्रालय पुगेर डा.देवकोटाले स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालेका हुन्। यसअघि उनी स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीमा थिए। यसअघि स्वास्थ्य सचिव रहेका डा.रोशन पोखरेलले गत फागुन १२ गते अवकास पाएपछि उक्त पद रिक्त थियो ।

    images

    रिक्त रहेको स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस भएको थियो। लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले सचिवका लागि डा देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२औं तहमा रहेका डा संगिता मिश्र र डा टंक बाराकोटीको नाम सिफारिस गरेको थियो। 

    सिफारिसमा परेका तीन जनामध्ये मन्त्रिपरिषदले डा देवकोटालाई सचिवमा नियुक्त गरेको हो। देवकोटासँग स्वास्थ्य सेवामा २८ वर्ष काम गरेको अनुभव छ। उनी २०५३ सालमा सेवा प्रवेश गरी २०७९ चैत १३ गते १२औँ तह अर्थात् अतिरिक्त सचिवमा बढुवा भएका थिए। उनी कोरोनाको समयमा मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमासमेत थिए। यस्तै उनी १२औँ तहमा बढुवा हुनुअघि लुम्बीनी प्रदेशको स्वास्थ्यसचिव थिए। २०८१ असोज ६ देखि उनी विभागको महानिर्देशकको जिम्मेवारीमा थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend