मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बुद्ध एयरको पाङ्ग्रा उड्दा उड्दै खस्यो, जहाज काठमाडौंमा पाङ्ग्रा जनकपुरमा

बुद्ध एयरको पाङ्ग्रा उड्दा उड्दै खस्यो, जहाज काठमाडौंमा पाङ्ग्रा जनकपुरमा

images
२०८१ फाल्गुण २२ गते, बिहिवार
२०८१ फाल्गुण २२ गते, बिहिवार
  • काठमाडौं। जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको उडान नम्बर ५०६ भएको विमानको पाङ्ग्रा जनकपुरबाट उड्दै गर्दा खसेपछि पाङ्ग्रा बिना नै काठमाडौंमा अवतरण गरेको छ।

    images

    जनकपुरबाट काठमाडौं अवतरण गरेपछि बुद्धको उडान नम्बर ५०६ भएको ९ एन-एएनएच विमानको अगाडिको पाङ्ग्रा जनकपुरमा नै खसेको बताइएको छ। जहाजको अगाडिको पाङ्ग्रा खसेको बारे अवतरणपछि मात्र चालकदलले जानकारी पाएका थिए। त्यसपछि खोजी हुँदा उड्ने क्रममा जनकपुरमै खसेको पाइएको हो।

    images

    बिहिबार बेलुका उडानका क्रममा बुद्धको विमानको अगाडिको एउटा पाङ्ग्रा नहुँदा पनि विमान भने सकुशल अवतरण गर्न सफल भएको हो। सो बिमानमा ६२ यात्रु थिए।

    नेपाल नागरिक उड्डयन प्राधिकरण सूचना अधिकारी ज्ञानेन्द्र भूलले विमान अवतरण पश्चात् पोस्ट फ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गियरको एउटा टायर नभेटिएको र खोजी गर्दा जनकपुरमा खसेको जानकारी आएको बताए। घटना बारे थप अनुसन्धान थालिएको भुलले जानकारी दिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend