मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

समाज र विज्ञान पछाडी फर्किदैन : गृहमन्त्री लेखक

समाज र विज्ञान पछाडी फर्किदैन : गृहमन्त्री लेखक

images
२०८१ फाल्गुण २२ गते, बिहिवार
२०८१ फाल्गुण २२ गते, बिहिवार
  • डडेलधुरा। गृहमन्त्री रमेश लेखकले समाज र विज्ञान पछाडी नफिर्किने बताएका छन।

    images

    बिहीवार डडेल्धुराको परर्शुराम नगरपालिकामा आयोजित परर्शुराम साहित्य महोत्सव उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले राजतन्त्र फर्किने सम्भावना नरहेको बताए।

    images

    “देशमा गणतन्त्र आईसकेको छ, केही साथीहरुले राजतन्त्र पुनस्थापना कुरा गरीरहनुभएको छ।” 
    गृहमन्त्री लेखकले भने, “लोकतान्त्रिक ब्यबस्थामा अलोकतान्त्रिक राजतन्त्रका पछाडी फर्किने सम्भावना छैन। निकै त्याग र तपस्याबाट यो ठाउँमा पुगिएको हो, अब यो ठाउँबाट पछाडी होइन अगाडी बढ्ने हो।”

    जनताको स्वतन्त्राताको कुनै बिकल्प नरहेको बताउँदै गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको धारणासमेत स्पष्ट पारे।

    उनले समाजमा क्रान्तिकारी परिवर्तनको लागि साहित्यको योगदान आवश्यक रहेकोसमेत बताए। लेखकले संसारमा भएका आजसम्मका प्रगति, क्रान्ति र परिवर्तनमा साहित्यको ठुलो योगदान रहेकोसमेत स्मरण गरे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend