मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

चैत ५ मा अवकाशमा जाने भट्टराईलाई मुखैमा एआइजी पद उपहार

चैत ५ मा अवकाशमा जाने भट्टराईलाई मुखैमा एआइजी पद उपहार

images
२०८१ फाल्गुण २२ गते, बिहिवार
२०८१ फाल्गुण २२ गते, बिहिवार
  • काठमाडौं। नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराईलाई सरकारले अवकाशको मुखैमाअतिरिक्त महानिरीक्षक (एआईजी) पद उपहार दिएको छ।

    images

    मन्त्रिपरिषद्को बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले भट्टराईलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो। उनी आगामी चैत ५ गतेदेखि अवकाशमा जाँदै छन।

    images

    हाल उनी कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा छन्। उनी चैत ५ बाट हालका प्रहरी प्रमुख वसन्त कुँवरसँगै अनिवार्य अवकाशमा जाँदैछन। भट्टराई कुँवरका ब्याची हुन।

    सरकारले भट्टराईलाई दुई साताका लागि मात्र भएपनि एआइजी बनाउनका लागि अर्का एआईजी रवीन्द्र केसीलाई राजीनामा गराएको थियो। केसीको राजीनामा पछि खाली कोटामा सरकारले भट्टराईलाई एआइजी बढुवा गर्दै अवकाशको मुखमा उपहार दिएको हो।

    आइजीपी कुँवर र भट्टराईसहित चैत ५ गतेबाट ३० वर्षे सेवा अवधिका कारण २०५१ चैत ५ गते भर्ना भएका सबै अधिकारी एकसाथ अवकाशमा जाँदैछन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend