काठमाडौं। पूर्वयुवराज पारस शाहको नर्भिक अस्पतालको आइसीयुमा उपचार भइरहेको छ।
आइतबार राति हृदयाघात भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो। उनको मुटुमा स्टेन राखिएको छ। शाहलाई हृदयाघात भएको यो चौथो पटक हो।
नर्भिक अस्पतालका यादव भट्टको टोलीले शाहको उपचार गरिरहेका छन। 'यादव भट्टको टिमले पारस शाहको उपचार गरिरहेको छ, आईसीयूमा उहँको उपचार भैरहेको छ, स्वास्थ्य स्थिति सुधार भइरहेको छ।' अस्पतालका प्रवक्ता अजय मिश्राले भने।
शाहको स्वास्थ्य अवस्था बुझ पूर्वराजाका आफन्तहरू सोमबार नै अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।
अस्पतालले अवस्था सुधारोन्मुख रहेकाले एक-दुई दिनमा डिस्चार्ज हुनसक्ने बताएको छ।



