मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

संघीय र प्रदेश सभा निर्वाचन क्षेत्रका सभापति र प्रशिक्षण शाखा प्रमुखलाई भैरहवामा पढाउदै कांग्रेस

संघीय र प्रदेश सभा निर्वाचन क्षेत्रका सभापति र प्रशिक्षण शाखा प्रमुखलाई भैरहवामा पढाउदै कांग्रेस

images
२०८१ फाल्गुण १९ गते, सोमवार
२०८१ फाल्गुण १९ गते, सोमवार
  • काठमाडौं। नेपाली कांग्रेसका देशभरका क्षेत्रीय सभापतिहरुको दुई दिने प्रशिक्षण रुपन्देहीको भैरहवामा सुरु भएको छ।

    images

    कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सोमबार र मंगलबार हुने प्रशिक्षणमा संघीय र प्रदेश सभा निर्वाचन क्षेत्रका सभापति र प्रशिक्षण शाखा प्रमुखसमेत गरी ३३० जना सहभागी छन। सहभागीहरुलाई सोमबार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रशिक्षण दिएका छन।

    images

    १६५ संघीय निर्वाचन क्षेत्रमध्ये १३० निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापति र प्रशिक्षण शाखा प्रमुख गरी २६० जना र एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाका ७० वटा प्रदेश सभा निर्वाचन क्षेत्रबाट ७० जना क्षेत्रीय सभापति गरी ३३० जनालाई कार्यक्रममा प्रशिक्षण दिइने नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले जानकारी दिए।

    प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का, नेता डा शेखर कोइराला, दुई महामन्त्री, पूर्वमहामन्त्री, नेताहरु कृष्ण सिटौला, विमलेन्द्र निधि, बालकृष्ण खाँण, रमेश लेखक, आरजु देउवा लगायत नेताहरु सहभागी हुने बताइएको छ।

    दुई दिने प्रशिक्षणको पहिलो दिन सोमबार पार्टीका दुई महामन्त्री र चार जना विज्ञले देशभरबाट आएका क्षेत्रीय सभापति, उपसभापति तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखलाई प्रशिक्षण दिएका छन् ।

    सोमबारको प्रशिक्षणमा महामन्त्री थापाले पार्टीको सङ्गठन, सदस्यता अभियानका साथै केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रबिचको अन्तर सम्बन्ध विषयमा प्रशिक्षण दिएका छन।

    यस्तै अर्का महामन्त्री शर्माले वर्तमान सन्दर्भमा समसामयिक मुद्दाका विषयमा प्रशिक्षण दिए भने प्रतिष्ठानका निर्देशक डा. जगदीशचन्द्र पोखरेलले ‘लोकतान्त्रिक समाजवाद–नेपाली कांग्रेसको आर्थिक नीति र अभ्यास’ सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका छन। 

    यसैगरी अर्का निर्देशक डा. कृष्णप्रसाद पौडेलले ‘नेपाली कांग्रेसको नेतृत्व : आर्थिक, सामाजिक विकास तथा तहगत सङ्गठन’ विषयक कार्यपत्र प्रस्तुत गरेका छन्।

    सदस्य विश्वदीप लामिछानेले ‘नेपाली कांग्रेसको सङ्गठन विस्तारमा प्रविधिको प्रयोग र प्रभाव, प्रतिष्ठानका कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठले ‘नेपालमा सङ्घीयता कार्यान्वयनको अवस्था र नेपाली कांग्रेसको दायित्व’ विषयक कार्यपत्र प्रस्तुत गरेका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend