मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

राष्ट्र निर्माणको महाअभियानमा जुट्न राष्ट्रपति पौडेलको अपिल

राष्ट्र निर्माणको महाअभियानमा जुट्न राष्ट्रपति पौडेलको अपिल

images
२०८१ फाल्गुण १७ गते, शनिवार
२०८१ फाल्गुण १७ गते, शनिवार
  • काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्ने मात्र नभई धेरै भएको छ तर देश र जनताका लागि अझै थुप्रै गर्न बाँकी छ भन्ने अठोट्सहित राष्ट्र निर्माणको महाअभियानमा जुट्न अपिल गरेका छन। 

    images

    श्रीमद्भगवत् ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव २०८१ एवम् देवालय सराङकोट धामको समुदघाट्न समारोहलाई शनिबार सम्बोधन गर्दै उनले जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेको बताउँदै संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट पनि मुलुकको आर्थिक विकास भएको स्पष्ट पारे।

    images

    राष्ट्रपति पौडेलले युवा जनशक्तिको पलायन मुलुकका लागि ठूलो चिन्ताको विषय भएको भन्दै यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध सवैलाई गम्भिर बन्न समेत आग्रह गरे।

    ‘युवा जनशक्तिको पलायन मुलुकका लागि ठूलो चिन्ताको विषय हो। यो अवस्थाबाट मुलुकलाई जोगाउन सम्बद्ध हरेक पक्ष गंभीर बनून् भन्ने मेरो आग्रह छ।’ राष्ट्रपति पौडेलले भने।

    उनले देश विकासको मूल आधार कृषि, जलस्रोत, पर्यटन र पूर्वाधारको विकास भएकाले कृषि, जलस्रोत, पर्यटन, उद्योगधन्दाको विकास र उत्पादन बढाएर स्वदेशी अर्थतन्त्रलाई मजबुत बनाउनुपर्ने धारणा व्यक्त गरे।

    राष्ट्रपति पौडेलले २०४६ सालको परिवर्तनपछि गाउँ, गाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता पूर्वाधार पुगिसकेको बताउँदै अब स्वदेशमै रोजगारी र आम्दानीको अवसर सिर्जना गरी विदेश पलायन भैरहेको युवा जनशक्तिलाई रोक्नु पहिलो आवश्यकता भएको बताए।

    ‘यो पवित्र स्थलबाट म आज अपिल गर्न चाहन्छु कि सबै नीति, निर्माण तहमा रहेका हामी सबैको ध्यान यसको समाधानतर्फ केन्द्रित होस्।’

    उनले पोखरा र यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र  सभ्यतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई आय आर्जन र समृद्धिको आधारको रूपमा स्थापित गर्न सकिने प्रचुर संभावना आफूले देखिरहेको बताए।

    उनले पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको अत्यन्त महत्वपूर्ण भूमिका हुने भन्दै  निजी क्षेत्रलाई लगानीमैत्री वातावरण  बनाउन स्थानीय, प्रदेश र संघ सरकारले उपयुक्त नीति, नियम र कानून निर्माण गरेर प्रोत्साहन गरिदिनुपर्ने उल्लेख गरे।

    राष्ट्रपति पौडेलले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले यसलाई सिधै विश्वसँग जोडेको उल्लेख गर्दै जाउँ है पोखरालगायतका पर्यटन प्रवर्द्धन अभियानमात्र होइन यहाँ हुने मेला, महोत्सव र साहसिक गतिविधिले यो विश्वकै एउटा घुम्नै पर्ने ठाउँका रुपमा विकास हुँदै गएको बताए।

    ‘पोखरालाई अझै आधुनिक, विकसित र सुविधासम्पन्न बनाउँदै लैजान नीति निर्माता, तीनै तहका सरकार, पर्यटन उद्यमी, व्यवसायी र यहाँका वासिन्दा दत्तचित्त भएर लाग्नुपर्दछ भन्ने मलाई लाग्दछ।’

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend