मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रोकिएका अध्यादेश छिट्टै स्वीकृत हुन्छन : गृहमन्त्री लेखक

रोकिएका अध्यादेश छिट्टै स्वीकृत हुन्छन : गृहमन्त्री लेखक

images
२०८१ फाल्गुण १६ गते, शुक्रवार
२०८१ फाल्गुण १६ गते, शुक्रवार
  • काठमाडौं। गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएका अध्यादेश प्रक्रियागत कारणले स्वीकृत हुन ढिलाइ भइरहेको भन्दै रोकिएका अध्यादेश छिटै स्वीकृत हुने बताएका छन।

    images

    शुक्रबार राष्ट्रिय निजि तथा आवासीय विद्यालय ऐशोसिएसन नेपालको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दैै मन्त्री लेखकले सरकारले व्यवसायिक वातावरण सुनिश्चित गर्नको लागि अध्यादेश ल्याएको बताउँदै छिट्टै सदनबाट स्वीकृत हुने बताएका हुन।

    images

    “केही प्राविधिक र प्रक्रियागत कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिलाइ भएको छ।” गृहमन्त्री लेखकले भने, “हामी समयभित्रै सदनले स्वीकार गर्ने र प्रतिस्थापन गरेर नयाँ कानून बनाउँछौं।”

    त्यसैगरि उनले सरकारले ल्याएको अध्यादेशले निजि क्षेत्र उत्साहित भएको बताए। “हाम्रो संविधानले पनि तीन खम्बे अर्थ नितिको व्यवस्था गरेको छ।” उनले भने, “निजि क्षेत्रका लागि सरकारले व्यवसायिक वातावरण सुनिश्चित गर्न लागेको छ।” 

    उनले शिक्षा,स्वास्थ्यको क्षेत्रका केहि छैन भन्ने भाष्य निमार्ण भएको बताउँदै लोकतन्त्रका कारण मुलुकमा थुप्रै विश्विद्यालय स्थापना भएको बताए। सरकारले शिक्षा विधेयक पनि यही अधिवेशनबाट पारित गर्ने उनको भनाइ छ।

    निजि तथा आवासीय विद्यालयहरुले आफुभित्र भएका समस्याहरु स्वःनियमन गरेर समाधान गर्नुपर्ने उनको भनाई थियो।

    “तपाईहरुले आवश्यकता भन्दा बढि शुल्क लिने अभिभावकलाई दबाब दिने, प्रभोलनमा पारेर आफ्नो संस्थामा तान्ने जस्ता काम गरिराख्नु भएको छ भने बन्द गर्नुुस नभए सरकारले नियन्त्रण गर्छ।” उनले अघि भने।

    “सरकारले निजि तथा आवासीय विद्यालय र सरकारी विद्यालयहरुका लागि सन्तुलित निति निमार्ण गर्छ।”  गृहमन्त्री लेखकले भने।

    उनले कांग्रेस र एमाले समीकरण कोही नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै नमिलेको बताउँदै देश विकासको लागि स्थिर सरकार बनाएको बताए।

    “अहिलेको समीकरण सरकार बनाउनको लागि सरकार र केही नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै बनेको होइन।” गृहमन्त्री लेखकले भने, “हामीले मुलुकमा स्थिर सरकार स्थापित हुन सकोस र त्यो सरकारले देशमा दिगो शान्ति, सुशासन र उन्तिको यात्रामा अघि बढाउनको लागि बनाएको हो।”

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend