मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सुकेधारामा फोहोरले पुरिएको अवस्थामा भेटियो शव

सुकेधारामा फोहोरले पुरिएको अवस्थामा भेटियो शव

images
२०८१ फाल्गुण १५ गते, बिहिवार
२०८१ फाल्गुण १५ गते, बिहिवार
  • काठमाडौं। काठमाडौँको सुकेधारामा फोहरले पुरेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ।

    images

    काठमाडौं महानगरपालिका–४ सुकेधारास्थित धोविखोला करिडोरको पश्चिमतर्फ शारदा डंगोल र तीर्थ श्रेष्ठको भत्किएको संरचनामा बनेको प्रयोगविहीन शौचालय भित्र फोहोरको थुप्रोले ढाकेको अवस्था शव फेला परेको प्रहरीले जनाएको छ।

    images

    उक्त शव ओखलढुङ्गाको मानेभञ्याङ गाउँपालिका–७  बस्ने वर्ष ५० का अडविर राईको रहेको जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए। 

    स्थानीयले दिएको जानकारीका आधारमा पुगेको प्रहरी टोलीले म्याट्रेस, सिरानी, झोला, फोहर कपडालगायतले पुरेर राखेको अवस्थामा शव भेटिएको उनले बताए। उक्त शवको प्रकृति हेर्दा हत्याको आशंका गरिएको छ।

    फोहर हटाएर हेर्दा राईको टाउको, निधार र नाकमा धारिलो हतियारले प्रहार गरेको जस्तो देखिने चोट रहेको तथा अनुहार र कपालमा रगत लतपतिएको पाइएको प्रहरीले जनाएको छ। उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend