मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नाबालिका बन्धक प्रकरण, काठमाडौं महानगरले आयोगलाई बुझायो १२० पृष्ठ लामो अनुसन्धान अभिलेख

नाबालिका बन्धक प्रकरण, काठमाडौं महानगरले आयोगलाई बुझायो १२० पृष्ठ लामो अनुसन्धान अभिलेख

images
२०८१ फाल्गुण १२ गते, सोमवार
२०८१ फाल्गुण १२ गते, सोमवार
  • काठमाडौं। काठमाडौं महानगरपालिकाले नाबालिका बन्धक बनाएको घटनामा १२० पृष्ठ लामो अनुसन्धान अभिलेख राष्ट्रिय मानव अधिकार आयोगलाई बुझाएको छ।

    images

    सरकार पक्षबाटै मुद्दा नचल्ने निर्णय भएपछि आयोगले स्व-विवेकीय अधिकार प्रयोग गर्दै अनुसन्धान थालनी गरेको थियो।

    images

    महानगरको अनुसन्धान प्रतिवेदन आयोगलाई हस्तान्तरण आईतबार दिउँसो काठमाडौं महानगरपालिकाको बाल कल्याण अधिकारी सहितको टोली पुल्चोकस्थित मानव अधिकार आयोगको केन्द्रीय कार्यालय पुगेको थियो। टोलीले आयोगका सचिव मुरारी प्रसाद खरेललाई अनुसन्धान अभिलेख बुझाएको हो।

    अभिलेख बुझ्दै सचिव खरेलले मानव अधिकार हननका घटनामा कुनै पनि व्यक्तिले सत्ता र राज्य शक्तिको दुरुपयोग गर्नु नहुने बताए। उनले बालबालिकालाई यस्ता घटनाको मारमा पर्न नदिन आयोग सचेत रहेको र निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाए। 

    सरकार पक्षको मुद्दा नचलाउने निर्णयपछि लुम्बिनी प्रदेशकी सांसद रेखा कुमारी शर्माले नाबालिकालाई बन्धक बनाई दास बनाएको घटनामा सरकार आयोगले अनुसन्धान थालेको थियो। 

    अनुसन्धानकै क्रममा आयोगले महानगरपालिकासँग सम्बन्धित कागजात माग गरेको थियो। आयोगको अनुरोधपछि तीन दिनभित्रै १२० पृष्ठ लामो अभिलेख संकलन गरी महानगरपालिकाले आयोगलाई बुझाएको हो।

    महान्यायाधिवक्ताको संलग्नतामाथि प्रश्न महानगर प्रमुखको सचिवालयका सदस्य धिरज जोशीले यो प्रकरणमा महान्यायाधिवक्ताको समेत स्वार्थको द्वन्द्व रहेको बताए।

    `महान्यायाधिवक्ता हुनु अघि उनले सांसद रेखा शर्माको तर्फबाट निज संसदलाई बचाउन बहस गरेका थिए। अहिले उनी महान्यायाधिवक्ता भएर आएपछि सोही मुद्धामा सांसद रेखा शर्मा माथि मुद्धा नचल्ने निर्णय गर्नुलाई स्वार्थ नबाझिएको अर्थमा लिन मिलेन,´जोशीले भने, `महानगरपालिकाविरुद्ध एउटै मुद्दामा बहस गरेका व्यक्ति हाल महान्यायाधिवक्ताको पदमा रहेको हुँदा मुद्दा नचलाइएको हो।´

    हालका महान्यायाधिवक्ता रमेश बडालले यसअघि महानगरविरुद्ध दायर भएको बन्दी प्रत्यक्षीकरणको मुद्दामा बहस गरेका थिए।

    सरकारी वकिल कार्यालयको निर्णय सरकारी वकिल कार्यालय, काठमाडौं र उच्च सरकारी वकिल कार्यालय, पाटनले यस घटनामा मुद्दा नचलाउने निर्णय गरेका थिए।

    काठमाडौं महानगरपालिकाले भने गत जेठ ३० गते बाल कल्याण अधिकारीमार्फत बालबालिकाविरुद्धको कसुर र दास बनाउन नहुने कसुरमा जाहेरी दर्ता गराएको थियो।

    मानव अधिकार आयोगले अब अनुसन्धानलाई थप विस्तृत बनाउने जनाएको छ। आयोगले निष्पक्ष छानबिन गर्दै दोषीमाथि कानुनी कारबाहीको मार्ग तय गर्ने प्रतिवद्धता जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend