काठमाडौं। गृहमन्त्री रमेश लेखकले लाेकतन्त्रकाे विकल्प नभएको बताएका छन।
शनिबार काठमाडौंमा आयाेजित सुदूरपश्चिम कानुन समाजकाे प्रथम अधिवेशनमा गृहमन्त्री लेखकले लाेकतन्त्रकाे विकल्प लाेकतन्त्र मात्रै हुने बताएका हुन।
"अहिलेकाे संविधानले लाेकतन्त्रलाई सुनिश्चित गरेकाे छ। यसकाे विकल्प खाेज्ने भनेकाे मुलुकलाई संकटमा धकेल्ने काम हाे। त्यसैले सबै ठाउँबाट संविधानमाथि हुने आक्रमणकाे डटेर सामना गर्नुपर्छ " उनले भने।
उनले लाेकतन्त्रकाे रक्षा, संविधानकाे सुरक्षा र समावेशिताकाे सुदृढीकरण आजको आवश्यकता भएको बताए।
दश वर्षमा संविधानकाे अभ्यास गर्दा देखिएका सबल र दुर्बल पक्षकाे विश्लेषण गरि संविधान संशोधनकाे तयारी भइरहेको उनको भनाइ छ। यस्तै संविधान संशोधन गर्दा संसदीय सर्वोच्चताकाे कुरा गर्नुपर्ने गृहमन्त्री लेखकले औंल्याए।
कानुन र नीतिगत सुधार सरकारका प्राथमिकता भएको भन्दै उनले राज्यका सबै अंगमा सुदूरपश्चिमकाे उचित प्रतिनिधित्व गराउन आफूहरू लागिपरेकाेसमेत बताए।



