मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मोबाइल ब्यवसायी महासंघको प्रदेश अध्यक्ष भेला : ब्यवसायीहरु चितवनमा

मोबाइल ब्यवसायी महासंघको प्रदेश अध्यक्ष भेला : ब्यवसायीहरु चितवनमा

images
२०८१ फाल्गुण १० गते, शनिवार
२०८१ फाल्गुण १० गते, शनिवार
  • भरतपुर। नेपाल मोबाइल ब्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनको पदमपुरमा सुरुभएको छ।

    images

    चितवन मोबाइल ब्यवसायी संघको समन्वयमा शुक्रबार साँझबाट सुरु प्रदेश भेलामा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सातै प्रदेशका प्रदेश अध्यक्ष र महासचिव सहभागी छन।

    images

    भेलामार्फत प्रदेश नेतृत्वलाई बैठक संचालन सम्बन्धि तालिम प्रदान गरिने छ। यस्तै भेलामा सातै प्रदेशका मोबाइल ब्यवसायीले भोग्दै आइरहेका समस्या तथा चुनौती बारे बृहत् छलफल हुँदैछ।

    महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले भेलाले ब्यवसायीहरुलाई एकीकृत गर्दै ब्यवसायीले भोग्दै आएका समस्यालाई निकास दिने सन्दर्भमा पहलकदमी लिने जानकारी दिए।

    भेलामा मोबाइल ब्यवसायीले मोबाइल बिक्री गरेवापत प्राप्त गर्दै आएको मार्जिन, चोरीका मोबाइलबाट ब्यवसायीले भोग्दै आएका समस्या तथा प्रहरी प्रसाशनबाट ब्यवसायीले भोग्दै आएको असहयोगका विषयमा सातै प्रदेशका नेतृत्वले धारणा राखिरहेको उपाध्यक्ष छतेन्द्र आचार्यले जानकारी दिए।

    भेलामा नेपाल जेसिसका तालिम प्रशिक्षक विवेक आनन्द न्यौपानेले बैठक संचालन सम्बन्धि प्रशिक्षण दिएका छन। भेला चितवन घोषणापत्र जारी गर्दै शनिबार सकिंदैछ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend