मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मन्त्रालयगत प्रगतिको अर्धवार्षिक विश्लेषण : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दोश्रो स्थानमा

मन्त्रालयगत प्रगतिको अर्धवार्षिक विश्लेषण : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दोश्रो स्थानमा

images
२०८१ फाल्गुण ९ गते, शुक्रवार
२०८१ फाल्गुण ९ गते, शुक्रवार
  • काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सार्वजनिक गरेको मन्त्रालयगत प्रगतिको अर्धवार्षिक विश्लेषणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दोश्रो स्थानमा परेको छ।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री तथा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले मुख्य सचिवसँग कार्यसम्पादन सम्झौता गरेका थिए। हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको पुषसम्मको कार्य प्रगतिका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालय तथा निकायगत आधारमा तेश्रो तथा मन्त्रालयहरुबीचको मूल्यांकनमा दोश्रो स्थानमा रहेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका हुन।

    images

    उनका अनुसार मन्त्रालयले कुल ५२ मध्ये पुष मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने ११ काममा नौ वटा सम्पन्न गरिसकेको छ।

    मन्त्रालयको सामाजिक क्षेत्रका माइलस्टोनको समीक्षामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार मन्त्रालयले ८१ दशमलव ८ प्रतिशत प्रगति हासिल गरेको छ।

    यसैगरी शुरु भई निश्चित लक्ष्य हासिल हुनुपर्ने माइलस्टोनको प्रगति स्थितिमासमेत मन्त्रालयले ७० अंक प्राप्त गरेको छ। जुन सामाजिक क्षेत्रमा कार्यरत मन्त्रालयहरुमध्ये उच्च हो।

    यी प्रगतिका आधारमा कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८१ दशमलव ८ अंक प्रदान गरेको मन्त्रालयका प्रवक्ता बुढाथोकीले जानकारी दिए। 

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend