मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मिडिया काउन्सिल विधेयक र सामाजिक संजाल विधेयक बिनाशर्त फिर्ता लिइयोस : प्रेस युनियन

मिडिया काउन्सिल विधेयक र सामाजिक संजाल विधेयक बिनाशर्त फिर्ता लिइयोस : प्रेस युनियन

images
२०८१ फाल्गुण ८ गते, बिहिवार
२०८१ फाल्गुण ८ गते, बिहिवार
  • काठमाडौ। लोकतन्त्रवादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनले सङ्घीय संसदमा पेश भएका मिडिया काउन्सिल विधेयक र सामाजिक सञ्जाल सम्बन्धी विधेयक बिनाशर्त फिर्ता लिन सरकारसँग माग गरेको छ।

    images

    प्रेस युनियन काठमाडौं शाखाले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन आयोजना गर्दै संविधान प्रदत्त पुर्ण प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतामाथी नियन्त्रण गर्ने गरि ल्याइएको विधेयक फिर्ता गर्न सरकारसँग माग गरेको हो।

    images

    विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रेसलाई कमजोर बनाउने, नियन्त्रणमा राख्ने तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई खोस्ने किसिमका कुनैपनी कानुनलाई मान्न नसकिने बताए।

    `प्रेसलाई कमजोर बनाउने, नियन्त्रणमा राख्ने तथा नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई खोस्ने किसिमका कुनैपनी कानुनलाई प्रेस युनियन स्वीकार गर्दैन, मिडियालाई ब्यवस्थित बनाउने नाममा, सामाजिक संजाललाई ब्यवस्थित गर्ने नाममा लोकतन्त्रलाई कमजोर बनाउने कुनैपनि कानुन युनियनले स्वीकार गर्न सक्दैन,´ युनियनका केन्द्रीय अध्यक्ष लम्सालले भने।

    लम्सालले सरकारले बिना शर्त बिधेयक फिर्ता नलिए देशब्यापी आन्दोलन गर्न बाध्य हुने बताए।
    `विधेयक बिनाशर्त फिर्ता नलिए प्रेस युनियनका जिल्ला, प्रदेश र केन्द्रीय समिति संघर्षमा उत्रन बाध्य हुनेछ,´ उनले भने।

    विरोध प्रदर्शनमा प्रेस युनियनका केन्द्रीय उपाध्यक्षद्वय जीवन भण्डारी र प्रेम चुनारा, महासचिव दिलिप पौडेल, लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय संजालका अध्यक्ष दामोदरप्रसाद दवाडी, प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान अध्यक्ष लिलाराज खनाल, गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारी, विभिन्न जिल्लाका युनियनका जिल्ला अध्यक्ष लगायत सहभागी थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend