मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

वल्खु मजदुर मृत्यु प्रकरण : हत्या आशंकामा चार जना पक्राउ

वल्खु मजदुर मृत्यु प्रकरण : हत्या आशंकामा चार जना पक्राउ

images
२०८१ फाल्गुण ८ गते, बिहिवार
२०८१ फाल्गुण ८ गते, बिहिवार
  • काठमाडौं। बल्खुमा अवस्थित तरकारी बजारमा कार्यरत मजदुरको हत्या गरेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। 

    images

    बल्खुस्थित फलफुल तथा तरकारी बजार भित्र ज्याला मजदुरीको काम गर्ने एक मजदुर बुधबार बिहान साढे १० बजेतिर मृत फेला परेका थिए। प्रहरीले उनको हत्या भएको आशंका गरेको छ।

    images

    मृतक मकवानपुरको मकवानपुरगढी गाउँपालिका ४ घर भई तरकारी बजार नजिकै बस्ने ४१ वर्षीय रामकृष्ण दाहाल हुन।

    उनको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले अनुसन्धानका लागि चार जनालाई पक्राउ गरेको हो।पक्राउ परेका चारै जनालााई अदालतबााट ५ दिन म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरी जनाएको छ।

    पक्राउ पर्नेमा मकवानपुरका ४३ वर्षीय नारायण प्रसाद ढकाल, ३२ वर्षका समिर घलान, ४१ वर्षका बिमल रुम्बा र मकवानपुरकै भिमफेदीका ५२ वर्षीय अर्जुन स्याङ्तान छन्। उनीहरुलाई कालीमाटी प्रहरी वृत्तको हिरासातमा राखिएको छ।

    दाहाल तरकारी बजारमा रहेको टहराको माथिल्लो तलाको कोठामा मृत फेला परेका हुन। उनी कोठाको बिस्तारामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनास्थल रगताम्य भएकाले उनको हत्याको आशंका गर्दै अनुसन्धान अघि बढाएको हो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend