मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

माघमा मात्रै चार हजार ५३५ सवारी साधन दुर्घटना,१९९ जनाको मृत्यु

माघमा मात्रै चार हजार ५३५ सवारी साधन दुर्घटना,१९९ जनाको मृत्यु

images
२०८१ फाल्गुण ६ गते, मंगलवार
२०८१ फाल्गुण ६ गते, मंगलवार
  • काठमाडौं। गएको माघमा अत्यधिक सवारी साधन दुर्घटना भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार माघमा मात्रै चार हजार ५३५ सवारी साधन दुर्घटनामा परेका छन्। कुल दुई हजार ९०६ दुर्घटनामा यती धेरै सवारी साधन परेका हुन्। ती दुर्घटनामा १९९ जनाको मृत्यु भएको छ।

    images

    दुर्घटनामा परेकामध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशरकुमार आचार्यले जानकारी दिए।

    images

    उनका अनुसार एक महिनामा कुल दुर्घटनामा परेका सवारी साधनमा मोटरसाइकल मात्रै दुई हजार ४७४ रहेका छन्। यो कुल दुर्घटनाको ५४ दशमलव ५५ प्रतिशत हो।

    त्यसपछि जिप कार र भ्यान, माइक्रो २१ दशमलव २१ प्रतिशत दुर्घटना भएको छ। अन्यमा बस पाँच दशमल ५३, ट्रक, ट्याङ्कर छ दशमलव दुई, ट्याक्टर दुई दशमलव ३६ प्रतिशत र टेम्पो पाँच दशमलव १८ प्रतिशत दुर्घटना भएका छन्। अन्य डोजर, लोडरलगायतका सवारी साधन पनि दुर्घटनामा परेको पाइएको छ।

    सबैभन्दा बढी दुर्घटना तीव्र गतिका कारण भएको पनि प्रहरी प्रधान कार्यालयको विश्लेषणले निष्कर्ष निकालेको छ। चालकको लापरबाहीले एक हजार १७९ दुर्घटना भएका छन्। त्यसपछि चालकको लापरबाही, मादक पदार्थ सेवनले बढी दुर्घटना भएका छन्। बटुवाले बाटो काट्दा पनि दुर्घटना भएका छन्। चालकको लापरबाहीले ८६४, मापसे गरेर २०४ लगायत दुर्घटना भएका छन्।

    ती दुर्घटनामा १९९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा १४७ पुरुष, ३९ महिला, ११ बालक र दुई बालिका रहेका छन्। त्यस्तै, ती दुर्घटनामा ५६० जना गम्भीर घाइते र तीन हजार ३५१ जना सामान्य घाइते भएका प्रहरीले जानकारी दिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend