मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बागमती प्रदेशका १३ जिल्लामा २ लाखभन्दा बढी किशोरीले लगाए एचपीभी खोप

बागमती प्रदेशका १३ जिल्लामा २ लाखभन्दा बढी किशोरीले लगाए एचपीभी खोप

images
२०८१ फाल्गुण ५ गते, सोमवार
२०८१ फाल्गुण ५ गते, सोमवार
  • हेटौँडा। बागमती प्रदेशका १३ जिल्लामा २ लाखभन्दा धेरै किशोरीहरूले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाएका छन्।

    images

    प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार फागुन ४ सम्म प्रदेशका २ लाख ४६ हजार ८३५ जना किशोरीहरूले एचपीभी खोप लगाएका हुन्।

    images

    ६ फागुनसम्ममा बागमती प्रदेशका १३ जिल्लाका २ लाख ९८ हजार ९०५ जना किशोरीहरूलाई खोप लगाउने लक्ष्य राखिएकोमा अहिलेसम्म ८२.६ प्रतिशत (२ लाख ४६ हजार ८३५ जना) किशोरीहरूले एचपीभी खोप लगाइएको हो।

    १३ जिल्लामध्ये ४ गतेसम्म लक्ष्यको सबैभन्दा बढी नुवाकोट र दोलखामा ९९.४ प्रतिशतले खोप लगाएको हो। मन्त्रालयका अनुसार दोलखामा ११ हजार १७८ जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा ४ गतेसम्म ११ हजार १०९ जना किशोरीलाई खोप लगाइएको छ।

    यस्तै दोलखामा ६ हजार ५२० जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा ६ हजार ४७८ जनाले खोप लगाएका छन्। रामेछापका ७ हजार ७८ जना किशोरीलाई खोल लगाउने लक्ष्य राखिएकोमा ६ हजार ९५० जना (९८.२ प्रतिशत), सिन्धुपाल्चोकका १० हजार ४६८ जनामध्ये १० हजार ११४ जना (९६.६ प्रतिशत), सिन्धुलीका १४ हजार ६२२ जनामध्ये १४ हजार ५८ जना (९६.१ प्रतिशत)ले खोप लगाएका छन्।

    प्रदेशमा सबैभन्दा कम रसुवाका १ हजार ६८६ जनामा १ हजार ६२० जना (९६.१ प्रतिशत)लाई एचपीभी खोप लगाइएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार काभ्रेका १६ हजार ११३ जनामा १५ हजार २३२ जना (९४.५ प्रतिशत), धादिङका १४ हजार ५७३ जनामा १२ हजार ८८५ जना (८८.४ प्रतिशत), मकवानपुरका २२ हजार ७१३ जनामा १९ हजार ८५७ जना (८७.४ प्रतिशत), चितवनका ३१ हजार ५७० जनामा २६ हजार ३२९ (८३.४ प्रतिशत) किशोरीले खोप लगाएका छन्।

    यस्तै भक्तपुरका १९ हजार २९५ जनामा १५ हजार ९४७ जना (८२.६ प्रतिशत), प्रदेशमा सबैभन्दा बढी काठमाडौँका एक लाख ११ हजार १०४ जनामा ८२ हजार ७४४ जना (७४.५ प्रतिशत) र ललितपुरका ३१ हजार ९८५ जनामा २३ हजार ५१९ जना (७३.५ प्रतिशत) किशोरीले एचपीभी खोल लगाएका छन्।

    गएको माघ २२ गतेबाट सुरु भएको अभियान ६ फागुनसम्म चल्नेछ। अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षका किशोरीहरूलाई स्थानीय तहमा रहेका केन्द्रहरूमार्फत खोप प्रदान गरिएको छ। खोप अभियान सञ्चालनका लागि प्रदेशमा ८ हजार ७३६ स्वयंसेवक र ४ हजार ३२४ जना कर्मचारी खटाइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend