काठमाडौं। स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि ११ जनाको दरखास्त स्वीकृत भएको छ।
स्वास्थ्य बीमा बोर्डको कार्डकारी निर्देशक पदमा नियुक्तीका लागि नाम सिफारिस गर्न गठित समितिले दरखास्त हाल्ने अन्तिम दिन आज (आइतबार) राती ११ जनाको दरखास्त स्वीकृत भएको सूचना प्रकाशित गरेको छ।
सूचनामा उल्लेख भए अनुसार गंग प्रसाद जोशी, डा शक्ति बस्नेत, रामप्रताप यादव, डा सागर कुमार राजभण्डारी, रामप्रसाद पौडेल, शम्भु प्रसाद ज्ञवाली, कमल पन्थी, डा कृष्ण प्रसाद अधिकारी, डा प्रमोद कुमार यादव, होमनाथ न्यौपाने र डा रघुराज काफ्लेको नाम स्वीकृत भएको हो।



