काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधि जस्तो संवेदनशील विषयमा कुनै कम्पर्माइज नहुने बताएका छन्।
आइतबार नेपाल औषधि थोक ब्यवसायी संघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई काठमाडौमा सम्बोधन गर्दै मन्त्री पौडेलले औषधिको गुणस्तरीयतामा कुनै कम्पर्माइज नहुने बताए।
`नागरिकलाई कसरी सेवा पुर्याउन सकिन्छ, कसरी गुणस्तरीय औसधि दिन सकिन्छ, महँगो होइन सस्तो औषधि कसरी दिन सकिन्छ त्यतातर्फ म केन्द्रित भएको छु, नागरिकका पक्षमा काम गर्दै गर्दा कसैलाई अप्ठ्यारो पर्यो भने माफी पाउँ, म जनताको निम्ति मन्त्री भएको हो, मेरो पहिलो काम जनताको पक्षमा काम गर्ने हो।´ मन्त्री पौडेलले भने।
मन्त्री पौडेलले औषधि कम गुणस्तरीय छ भन्ने गरेको सुनिएको भन्दै औसधिमा गुणस्तरीय भन्ने शब्द प्रयोग नै नगर्ने अवस्था हुनु पर्ने बताए।
`गुणस्तरीययतामा कम्पर्माइज गर्ने अवस्था हुनुहुँदैन, औषधि भनेको पिठोको डल्लो होइन, औसधि दिएपछि काम नगर्ने अवस्था हुनुहुँदैन, औषधि नाम दिने अनि गुणस्तरीय छ कि छैन भन्ने? औषधि भनेपछि गुणस्तरीय हुनैपर्छ, औसधिमा गुणस्तरीय भन्ने शब्द प्रयोग नै नगर्ने अवस्था हुनु पर्छ´ स्वास्थ्यमन्त्री पौडेलले भने।
उनले औषधिका थोक विक्रेताहरुलाई नागरिकलाई कसरी सेवा पुर्याउन सकिन्छ भनेर सोच्न आग्रह गरे।
`उपभोक्ता खुसी हुने, समाजलाई योगदान गर्ने गरेर काम गरिदिनुस,´ पौडेलले ब्यवसायीहरुलाई आग्रह गर्दै भने।
उनले औषधि सुसासन कायम गर्ने दिशामा मिलेर काम गर्न तथा नियम कानुन भित्र बसेर काम गर्न र सकेसम्म कम मुल्यमा नागरिकलाई सेवा दिने गरेर सोच्न औषधिका थोक विक्रेताहरुलाई आग्रह गरे।
मन्त्री पौडेलले स्वास्थ्य, शिक्षा, सार्वजनिक यातायात सरकारको लगानी हुनु पर्ने भन्दै सरकारले आफैँ ब्यवसाय गर्न भने नहुने बताए।
`मलाइ दुख पर्दा राज्य छ भन्ने महसुस गर्न सकेन भने राज्यले नागरिकता मात्र दिने हो?, स्वास्थ्य, शिक्षा, सार्वजनिक यातायातमा सरकारको लगानी हुनु पर्छ, तर सरकारले आफैँ ब्यवसाय गर्ने होइन, जनतालाई सेवा दिने हो,´ मन्त्री पौडेलले भने।
यस्तै उनले आफुले औसधिको मूल्य निर्धारण गर्न खोजेको र स्वदेशी उत्पादनलाई प्राथमिकता दिने आफ्नो नीति रहेको बताए।
कार्यक्रममा औषधि थोक ब्यवसायी संघका अध्यक्ष शिवराज बाँस्कोटाले सरकारी अस्पतालहरुले सस्तो मुल्यमा औषधि दिने नाममा कम गुणस्तरका औषधि बिक्री गरिरहेको भन्दै त्यसको खोजी गरिनुपर्ने बताए।
उनले एउटै ब्यवसायीबाट राज्यले फरक फरक ढंगबाट कर लिइरहेको भन्दै करमा एकरूपता कायम गरिनु ओअर्नेमा जोड दिए।



