मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

अर्थमन्त्रीको अवस्था बुझ्न कीर्तिपुर जलन उपचार केन्द्र पुगे स्वास्थ्यमन्त्री, भेटपछि के भने?

अर्थमन्त्रीको अवस्था बुझ्न कीर्तिपुर जलन उपचार केन्द्र पुगे स्वास्थ्यमन्त्री, भेटपछि के भने?

images
२०८१ फाल्गुण ३ गते, शनिवार
२०८१ फाल्गुण ३ गते, शनिवार
  • काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल कीर्तिपुर पुगेका छन।

    images

    काठमाडौंको कीर्तिपुरस्थित जलन उपचार केन्द्रमा उपचाररत उपप्रधान तथा अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अवस्था बुझ्न स्वास्थ्यमन्त्री पौडेल कीर्तिपुर पुगेका हुन। 

    images

    भेटपछि स्वास्थ्यमन्त्री पौडेलले उपचारमा राम्रोसँग भैरहेको प्रतिक्रिया दिए।

    `चिकित्सकहरुबाट राम्रोसँग उपचार भैरहेको छ, अरु बिरामीको उपचारमा पनि अस्पतालले राम्रो गरिरहेको छ,´ मन्त्री पौडेलले अर्थमन्त्री र पोखराका मेयरलाई भेटेपछि भने।

    पोखरा पर्यटन वर्षको उद्घाटनका क्रममा शनिबार हाइड्रोजन ग्यास भरिएको बेलुन उडाउने क्रममा आगलागी हुँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए।

    उनीहरु दुबै जनालाई पोखरामा सामान्य उपचारपछि हेलिकप्टर मार्फत जलनको थप उपचार गर्न कीर्तिपुर ल्याइएको थियो। 

    हाल काठमाडौंको वीर अस्पतालअन्तर्गत ट्रमा सेन्टरमा समेत जलनका बिरामीका लागि बेग्लै वार्ड राखेर उपचार भइरहेको छ। सो वार्डको मन्त्री पौडेलले नै सुरुवात गरेका थिए।

    यस्तै प्रादेशिक अस्पतालहरूमा समेत यो सेवा विस्तार गर्ने गरी काम अघि बढाइरहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलको सचिवालयले जनाएको छ।
     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend