मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

झापामा ‘क्यान्सर सम्मेलन’, एक सय जना विशेषज्ञ चिकित्सकले कार्यपत्र प्रस्तुत गर्दै

झापामा ‘क्यान्सर सम्मेलन’, एक सय जना विशेषज्ञ चिकित्सकले कार्यपत्र प्रस्तुत गर्दै

images
२०८१ फाल्गुण ३ गते, शनिवार
२०८१ फाल्गुण ३ गते, शनिवार
  • झापा। झापामा दक्षिण एसियाली सात देशका ३५० जना क्यान्सर विशेषज्ञको सहभागितामा ‘पूर्वाञ्चल क्यान्सर सम्मेलन–२०२५’ भैरहेको छ।

    images

    विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा शुक्रबार सुरु सम्मेलनमा सार्क राष्ट्रका ३५० चिकित्सक सहभागी छन। सम्मेलनमा क्यान्सर उपचारमा सङ्लग्न एक सय जना विशेषज्ञ चिकित्सकले कार्यपत्र प्रस्तुत गर्नेछन्।

    images

    यस्तै क्यान्सर जितेका मानिसको उपचार अनुभव साटासाट गरिने सम्मेलनका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए।

    दुई वर्षअघिसमेत पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा झापामा पहिलोपटक सम्मेलन आयोजना गरेको थियो। दोस्रोपटक आयोजित सम्मेलनमा सहभागिता र छलफलका विषय विस्तार भएको गिरीले बताए।

    पूर्वाञ्चल क्यान्सर अस्पतालको तथ्याङ्कअनुसार स्तन र फोक्सो क्यान्सरका बिरामीको सङ्ख्या वर्षेनी बढिरहेको छ। बिगत पाँच वर्षमा पत्ता लागेका नयाँ बिरामीमध्ये सबैभन्दा बढी स्तन क्यान्सरका ८१४ जना र फोक्सो क्यान्सरका ८०५ जनाको उपचार भएको जनसम्पर्क अधिकृत गिरीले जानकारी दिनुभयो। पाठेघरको क्यान्सर र नाक कान घाँटीको क्यान्सरका बिरामीको सङ्ख्या क्रमशः तेस्रो र चौथो स्थानमा रहेको छ।

    सम्मेलनको उद्घाटन शुक्रबार भएको हो। सो अवसरमा सार्क फेडेरेसन अफ अङ्कोलोजिस्टस् नेपालका संस्थापक अध्यक्ष प्राध्यापक डाक्टर मदनकुमार पियाले नङ र रौंबाहेक मानवशरीरका सबै अङ्गमा क्यान्सर सङ्क्रमण हुनसक्ने भएकाले यसको उपचार एवम् रोकथाममा नयाँ प्रविधिको प्रयोग र जनचेतना अभिवृद्धिको महत्त्वपूर्ण भूमिका रहने बताएका थिए। त्यसका लागि क्यान्सर ‘जित्न सकिने रोग’ हो भनेर जनतामा व्यापक प्रचार गर्नु आवश्यक रहेको उनको भनाइ छ।

    सम्मेलनका अध्यक्ष एवम् बीएन्डसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा उमेश शर्माले क्यान्सर रोगको विस्तार आजको विश्वको प्रमुख स्वास्थ्य चुनौति बनिरहेको उल्लेख गर्दै उपचारलाई अझ राम्रो बनाउन सम्मेलनबाट मद्दत पुग्ने धारणा व्यक्त गरे।

    पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर तथा सम्मेलनका संयोजक डा वीरेन्द्र यादवले अस्पतालले हरेक दुई वर्षमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन गरिरहेको जानकारी दिए। सम्मेलन आइतबारसम्म चल्ने छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend