मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सरकारको एक महिने निःशुल्क स्वास्थ्य परीक्षण अभियान : केके हुन्छ परीक्षण?

सरकारको एक महिने निःशुल्क स्वास्थ्य परीक्षण अभियान : केके हुन्छ परीक्षण?

images
२०८१ फाल्गुण ३ गते, शनिवार
२०८१ फाल्गुण ३ गते, शनिवार
  • काठमाडौं।सरकारले फागुन महिनाभर नसर्ने रोगको परीक्षण निःशुल्क गर्ने योजना अनुसार अहिले देशभर ३० वर्ष माथिका सबै नागरिकको स्वास्थ्य परीक्षण जारी छ।

    images

    निरोधात्मक विधिबाट रोगहरुबिरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै फागुन १ गतेबाट एक महिने परीक्षण अभियान सुरु भएको हो।

    images

    अभियानका क्रममा ३० वर्ष माथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरुमा मधुमेह, उच्च रक्तचाप, मुगौला सम्बन्धी रोग तथा शरिरको उचाइ र तौलको अनुपात पहिचान भैरहेको छ।

    देशमा एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्ष माथिका छन्। यही उमेर समूहका नागरिकलाई समेट्ने लक्ष्य मन्त्रालयले राखेको छ। 

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले स्थानीय तहसम्म रहेका स्वास्थ्य संस्थामा ३० वर्ष माथिका सबैलाई निःशुल्क परीक्षण गर्ने काम भैरहेको जानकारी दिए।

    स्वाथ्यमन्त्री पौडेलले गत साउन २७ गते प्रस्तुत गरेको योजना तथा प्राथमिकतामा रोगको उपचारसँगै निरोधात्मक विधिबाट समयमै नागरिकका स्वास्थ्य समस्या थाहा भाएर उपचार गराउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने उल्लेख थियो।

    गत महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गत मंसिर १६ गते निर्देशिका स्वीकृत गरेका थिए। यसलगत्तै मन्त्रालयले फागुन १ गतेबाट परीक्षण अघि बढाउने कार्यक्रम अघि बढाएको हो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend