मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान : छैठौं दिनसम्म १० लाखलाई खोप

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान : छैठौं दिनसम्म १० लाखलाई खोप

images
२०८१ माघ ३० गते, बुधवार
२०८१ माघ ३० गते, बुधवार
  • काठमाडौं। पाठेघरको मुखको क्यान्सरबाट किशोरीहरुको जीवनरक्षा गर्न भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुरु गरेको पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप अभियान अन्तर्गत छैठौं दिनसम्म आइपुदा १० लाख किशोरीले खोप प्राप्त गरेका छन्।
     
    दुई साता लामो अभियानका क्रममा १७ लाख किशोरीहरुलाई खोप लगाउने लक्ष्य राखिएको थियो। तर, छोटो अवधिमै अभियानले प्रगति हासिल गरेको छ।
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सरको उपचारसँगै लाग्न नदिन सजगताका उपाय अपनाउने नीतिअन्र्तगत शुरु अभियानले राम्रो गति लिइरहेको भन्दै स्वास्थ्यकर्मीहरुप्रति आभार प्रकट गरेका छन्।
     
    ‘क्यान्सरको जोखिम कम गर्न निरोधात्मक अन्तर्गत किशोरीहरुको जीवनरक्षाको यो पवित्र अभियानलाई यति महत्वपूर्ण उचाइमा ल्याइपुर्याउन साथ दिनुहुने स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्वयंसेवीका, सञ्चारमाध्यमलगायत सम्बद्ध सबैलाई हार्दिक आभार,’ मन्त्री पौडेलले भनेका छन्।
     
    मन्त्री पौडेलले अबको बाँकी दिन खोपबाट छुटेका तथा विद्यालयबाहिर रहेका किशोरीहरु खोप लगाउन नछुटुन् भन्नेतर्फ मन्त्रालयको ध्यान केन्द्रीत रहने उल्लेख गर्दै आफ्नो वरपर खोप छुटेकाहरुलाई खोप कार्यमा सकारात्मक सहयोग अपेक्षा गरेको उल्लेख गरेका छन्।
     
    विश्व क्यान्सर दिवसको दिन गत माघ २२ गतेबाट शुरु गरिएको अभियान फागुन ६ गतेसम्म चल्नेछ । अभियानका क्रममा १० देखि १४ वर्षसम्मका किशोरीहरुलाई खोप दिइएको छ ।  

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend