काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि १० जना सर्टलिष्टमा परेका छन। उपकुलपतिका लागि आवेदन दिएकामध्ये २० जनाको नाम स्वीकृत भएको थियो।
त्यसमध्येबाट सर्टलिष्टमा पर्नेहरुको सूची उपकुलपति खोज तथा सिफारिस समितिले वर्णानुक्रमअनुसार सार्वजनिक गरिएको हो।
सर्टलिष्टमा परेकाहरूको आगामी फागुन २ र ३ गते अन्तर्वार्ता हुनेछ। ती १० जनामध्ये ३ जनाको नाम कुलपतिसमक्ष सिफारिस गर्नेछ। र तीन जनामध्येबाट कुलपतिले एक जनालाई उपकुलपतिमा नियुक्त गर्नेछन्।
सर्ट लिस्टमा पर्नेहरूमा हालका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्राडा अच्युत वाग्ले, प्राडा कन्हैया झा, प्राडा जर्नादन लामिछाने, प्राडा बालचन्द्र लुइँटेल, प्राडा विभूति रञ्जन झा, प्राडा वेदमणि दाहाल, निवर्तमान उपकुलपति प्राडा भोला थापा, प्राडा राजेन्द्रप्रसाद कोजु, प्राडा श्यामनारायण लाभ र प्राडा सुबोध शर्मा छन्।
उनीहरूको फागुन २ गते प्रस्तुतीकरण हुनेछ भने ३ गते अन्तर्वार्ता हुने कार्यतालिका छ।



