मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

गृहमन्त्री लेखकद्वारा तीन वटा विधेयक प्रतिनिधिसभामा पेस

गृहमन्त्री लेखकद्वारा तीन वटा विधेयक प्रतिनिधिसभामा पेस

images
२०८१ माघ २७ गते, आइतवार
२०८१ माघ २७ गते, आइतवार
  • काठमाडौं। गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभा बैठकमा तीन वटा विधेयक पेस गरेका छन्।

    images

    गृहमन्त्री लेखकले ‘नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१’ ‘नेपाल प्रहरी विधेयक, २०८१’ र ‘शसस्त्र प्रहरी बल नेपाल विधेयक, २०८१’ आइतबारको बैठकमा पेस गरेका हुन।

    images

    नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप व्यवस्थित बनाउन र नागरिकता प्रदान गर्ने विषयमा अदालतबाट विभिन्न समयमा भएका आदेशसहितको विषयलाई सम्बोधन गरी ‘नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१’ संसदमा पेस भएको छ।

    यस्तै ‘नेपाल प्रहरी विधेयक, २०८१’ले प्रहरी ऐन, २०१२ मा व्यवस्था भएका कानुनी प्रावधानहरूलाई समयसापेक्ष परिमार्जन एवं संशोधन गरेको छ।

    यसैगरी ‘शसस्त्र प्रहरी बल नेपाल विधेयक, २०८१’ ले पनि सशस्त्र प्रहरी ऐन, २०५८ मा व्यवस्था भएका कानुनी प्रावधानलाई समयसापेक्ष परिमार्जन एवं संशोधन गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend