मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सिंहदरबार भित्र खानेपानी मन्त्रालयमा आगलागी : ५० लाख बराबर क्षती

सिंहदरबार भित्र खानेपानी मन्त्रालयमा आगलागी : ५० लाख बराबर क्षती

images
२०८१ माघ २६ गते, शनिवार
२०८१ माघ २६ गते, शनिवार
  • काठमाडौं। खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ। खानेपानी मन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन्।

    images

    उक्त मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा रु ४० देखि ५० लाखसम्मको क्षति भएको छ। यद्यपि क्षतिको वास्तविक विवरण प्राप्त भएको छैन। आगलागीको कारण पनि यकिन भएको छैन।

    images

    प्रहरीले अनुसन्धान गरिरहेको छ। आगलागीबाट मन्त्रालयका कागजातमा भने क्षति भएको छैन।

    आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति भएको छ। खानेपानी मन्त्रालयको भवनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend