काठमाडौं। देशभर ३ लाख ५५ हजार जना किशोरीले एचपीभी खो लगाएका छन्।
बुधबारसम्म देशभर सो संख्यामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको हो। यो खोप एक डोज मात्र लगाइने छ।
सरकारले माघ २२ गतेदेखि आगामी फागुन ६ गतेसम्म अभियान नै सुरु गरेर देशभर एचपीभी खोप लगाउदैछ।
सुरु गर यो अभियान मार्फत ३ लाख ५५ हजार किशोरीले खोप लगाएको छ।
देशभरका विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप लगाउने सरकारको लक्ष्य छ।
औसतमा दैनिक ६ जनामा यो क्यान्सर पत्ता लाग्ने गरेको छ भने दैनिक चार जनाको मृत्यु भइरहेको तथ्यांक छ।



