मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

एचपीभी खोप : काठमाडौं महानगरमा ४९९ खोप केन्द्र

एचपीभी खोप : काठमाडौं महानगरमा ४९९ खोप केन्द्र

images
२०८१ माघ २२ गते, मंगलवार
२०८१ माघ २२ गते, मंगलवार
  • काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन ४९९ विद्यालयमा खोप केन्द्र तोकिएको छ।

    images

    काठमाडौं महानगरपालिकाभित्र ४६ हजार ९८५ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिने लक्ष्य राखिएको छ।

    images

    जसअनुसार सामुदायिक विद्यालय, संस्थागत विद्यालयमा अध्ययरत कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्मका किशोरीहरूलाई यो खोप दिइनेछ।

    सामुदायिक र संस्थागत गरेर ४९९ वटा विद्यालयका खोप केन्द्र सञ्चालन गरिएको महानगरपालिकाले जनाएको छ। यसमा ७९ वटा सामुदायिक र ४२० वटा संस्थागत विद्यालय छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा पुर्वनिर्धारित कार्यतालिका अनुसार आज माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभर एकैसाथ पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान सुरु भएको हो।

    देशभर १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ बालिका/किशोरीलाई खोप अभियान अन्तर्गत खोप दिइने स्वास्थ्य सेवा विभागअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ।

    सरकारले खोपको ‘डेमोस्ट्रेसन’का रूपमा गएको भदौमा १४ वर्ष पूरा भई १५ ननाघेका १० हजार बालिका/किशोरीलाई यो खोप लगाइसकेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend