मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

क्यान्सरलाई न्यूनीकरण गर्दै निवारण गर्न लाग्नु पर्छ : स्वास्थ्यमन्त्री पौडेल

क्यान्सरलाई न्यूनीकरण गर्दै निवारण गर्न लाग्नु पर्छ : स्वास्थ्यमन्त्री पौडेल

images
२०८१ माघ २२ गते, मंगलवार
२०८१ माघ २२ गते, मंगलवार
  • काठमाडौं। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नेपालमा क्यानसर रोग भयावह बन्दै गएको भन्दै क्यान्सरलाई न्यूनीकरण गर्दै निवारणको बाटोमा अघि बढ्नु पर्ने बताएका छन।

    images

    पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोपको आज काठमाडौंमा शुभारम्भ गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाठेघरको क्यान्सरका कारण दैनिक ४ जनाको मृत्यु हुने अवस्था रहेको बताए।

    images

    `पाठेघरको मुखको क्यान्सर पनि भयावह अवस्थामा छ, दैनिक ४ जनाको निधन पाठेघरको मुखको क्यान्सरका कारण भएको तथ्यांक हामीसँग छ, यसलाई न्यूनीकरण गर्दै निवारण गर्ने तर्फ अब अघि बढ्नु पर्छ,´ मन्त्री पौडेलले भने।

    मन्त्री पौडेलले उपचारात्मक, निरोधात्मक र सुरक्षात्मक क्षेत्रमा सुधार गर्नु पर्ने नीतिगत कुरालाई सुधार गर्दै लैजानु पर्ने र त्यसमा प्रष्ट तयारीसहित अघि बढ्नु पर्ने बताए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend