मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रधानमन्त्रीले भने,`दुष्कर्मको अन्धकार हटोस्´

प्रधानमन्त्रीले भने,`दुष्कर्मको अन्धकार हटोस्´

images
२०८१ माघ २१ गते, सोमवार
२०८१ माघ २१ गते, सोमवार
  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गरेका छन्। वसन्तपञ्चमी तथा सरस्वती पूजाको आज शुभकामना व्यक्त गर्नुहुँदै उनले अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्,  प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीलाई नमन गरेका हुन्।

    images

    सामाजिक सञ्जालमा प्रधानमन्त्रीले भनेका छन्, ‘आज वसन्तपञ्चमी, वसन्तपञ्चमीलाई हामी श्रीपञ्चमी पनि भन्छौं। श्रीपञ्चमी, सरस्वती पूजा–बालबालिकाको अक्षरारम्भ गर्ने दिन। बोटबिरुवामा पनि अब नयाँ पालुवा पलाउन थाल्छ, चराहरू वसन्ती भाकामा गाउन थाल्छन्, यस ऋतुमा मानिसको मन पनि प्रमोदित हुन्छ।’

    images

    उनले प्राचीन शास्त्रमा शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र नादलाई यन्त्र मानिने गरेको उल्लेख गर्दै सरस्वतीको वीणाबाट उत्पन्न ध्वनिलाई नै ब्रह्माण्डको आवाज ओमकार ध्वनि मानिँदै आएको उल्लेख गरेका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend