मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

महाकुम्भबाट फर्कँदै गर्दा सवारी दुर्घटना : पाँच नेपालीको मृत्यु, चार जना घाइते

महाकुम्भबाट फर्कँदै गर्दा सवारी दुर्घटना : पाँच नेपालीको मृत्यु, चार जना घाइते

images
२०८१ माघ १९ गते, शनिवार
२०८१ माघ १९ गते, शनिवार
  • काठमाडौं। भारत उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेला दर्शन गरेर फर्कँदै गर्दा सवारी दुर्घटना परेर ५ जना नेपालीको मृत्यु भएको छ। यस्तै चार जना घाइते छन।

    images

    मृत्यु हुने सबै महोत्तरी जिल्लाका छन। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार भारतको मधुवनीस्थित मुख्य सडकमा शनिबार दिउसो बीआर ३२ पीए ४६६१ नम्बरको नेपाली नागरिक सवार स्कर्पियो दुर्घटना भएको हो। 

    images

    मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका ७ बस्ने ६० वर्षीय बालकृष्ण झा, उनकी पत्नी ५० वर्षीया इन्दु देवी, महोत्तरीकै मनरासिश्वा नगरपालिका २ बस्ने ५० वर्षीया मनतारणी देवी, धनुषा जिल्लाको गङ्गुली बस्ने ३० वर्षीया अर्चना झा र चालक शम्भु ठाकुर छन।


    दुर्घटनामा मनोहर ठाकुर, कामिनी झा , सृष्टि ठाकुर र जगतारण देवी घाइते भएका छन्। घाइतेहरुको मजफरपुरको एक अस्पतालमा उपचार भइरहेको छ। घाइते र मृतक दुई परिवारका आफन्त हुन।

    तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाको समयमा गाडीको एयरब्याग नखुलेका कारण क्षति भएको भारतीय संचार माध्यमहरुले जनाएका छन।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend