मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मनिषा कोइराला खोप सद्भावना दूत नियुक्त, दुई वर्षका लागि सम्झौता

मनिषा कोइराला खोप सद्भावना दूत नियुक्त, दुई वर्षका लागि सम्झौता

images
२०८१ माघ १६ गते, बुधवार
२०८१ माघ १६ गते, बुधवार
  • काठमाडौं। पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान सुरु गर्न लागेको सरकारले कलाकार तथा सामाजिक अभियनता मनिषा कोइरालाई `खोप सद्भावना दूत´ नियुक्त गरेको छ।

    images

    आगामी २२ माघदेखि फागुन ६ गतेसम्म देशभर एकैसाथ खोप अभियान सुरु हुँदै छ। अभियान अन्तर्गत सरकारले १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई एकसाथ पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउदै छ। सो अभियानका लागि कोइरालालाई सद्भावना दूत तोकिएको हो।

    images

    स्वास्थ्य मन्त्रालयमा आज मंगलबार आयोजित कलाकार तथा सामाजिक अभियनता कोइरालाई सद्भावना दूत घोषणा गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री प्रदीप पौडेलले कोइरालाई सद्भावना दूत नियुक्त गरिएको बारे भने,`खोपमा तोकिएका उमेर समुहका कोहि पनि नछुट्ने स्थिति निर्माण गर्नु जरुरी रहेकाले प्रचार प्रसारका निम्ति समाजमा विश्वासनीय छवि निर्माण गर्नु भएकी तथा विश्वमा नै ख्याती प्राप्त ब्यक्तिलाई खोप दूत नियुक्त गरिएको छ,´ मन्त्री पौडेलले भने।

    मन्त्री पौडेलका अनुसार अबको दुई वर्ष हरेक खोप अभियानमा कोइराला सद्भावना दूतको रुपमा रहनेछिन।

    मन्त्री पौडेलले देशभरका सबै खोप केन्द्रमा एचपीभी खोप पुगिसकेको बताए। उनले खोपलाई आवश्यक ब्यवस्थापन गरेर सुरक्षित रुपमा राखिएकोसमेत जानकारी दिए।

    मन्त्री पौडेलले नेपाली जनतालाई उपचारात्मक मात्र होइन निरोधात्मक बनाउन उपाय अपनाउनु पर्ने जरुरी रहेकोसमेत बताए।

    `नागरिकलाई सकेसम्म रोग नै लाग्न नदिने गरेर हरसम्भव प्रयास हुनु पर्छ, नेपाली जनतालाई उपचारात्मक मात्र होइन निरोधात्मक बनाउन उपाय अपनाउनु पर्ने जरुरी छ,´मन्त्री पौडेलले भने।

    वर्तमान समयमा पाठेघरको मुखको क्यानसरको अवस्था बढ्दो रहेको भन्दै उनले भावी पुस्तासमेत यसबाट प्रभावित हुन नपरोस भनेर सरकारले खोप अभियान सुरु गर्न लागेको जानकारी दिए।

    १० देखि १४ वर्ष उमेर समुहका बालिकाहरुलाई एचपिभी खोप लगाइने भन्दै मन्त्री पौडेलले सरकारले विद्यालयमा नै खोप लगाउने गरेर आवश्यक ब्यवस्था गरेको बताए।

    तर विभिन्न कारणले विद्यालय जान नपाएका सो उमेर समुहका बालिकाहरुलाई नजिकको विद्यालय वा वडा कार्यालयसँगको समन्वयमा खोप लगाउने प्रवन्ध मिलाइएको उनले जानकारी दिए।

    `कुनै कारणले विद्यालय जान नपाएकाहरुलाई नजिकको विद्यालय वा वडा कार्यलयको समन्वयमा खोप लगाइने गरेर आवश्यक ब्यवस्था मिलाइएको छ,´ मन्त्री पौडेलले भने।

    कलाकार तथा अभियनता कोइरालाले सरकारको नागरिक बचाउने अभियानमा आफू सद्भावना दूतको रुपमा जोडिन पाउनु खुसीको कुरा भएको बताइन।

    उनले क्यानसरबाट आफू पनि अलग रहन नसकेको भन्दै सबै भन्दा ठूलो कुरा ब्यक्तिको स्वास्थ्य रहेको बताइन। कोइरालाले क्यानसरको भयावह अवस्था रोक्न सबै एकजुट हुनुपर्नेमासमेत जोड दिइन। 

    मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कोइरालाको ब्यक्तित्वले खोप अभियानलाई सफल बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको बताए। उनले खोप सम्बन्धि जनचेतना फैलाउन र खोप कार्यक्रमलाई सफल बनाउन सबैको भुमिका आवश्यक रहेको बताए।

    कोइरालालाई २०८१ माघ १६ गतेदेखि २०८३ माघ १५ सम्मका लागि खोप सद्भावना दुत नियुक्त गरिएको हो। नियुक्ति सम्बन्धि सम्झौतापत्रमा कोइराला र मन्त्रालयका सचिव पोखरेलले हस्ताक्षर गरेका छन।

    नेपालमा विसं २०३४ देखि खोप कार्यक्रम संचालन हुँदै आएको छ। खोप ऐन २०७२ को दफा ३४ मा खोप कार्यक्रमका लागि सरकारले सद्भावना दूत नियुक्त गर्न सकिने सम्बन्धि ब्यवस्था बारे उल्लेख छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend