मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मिश्रित फर्मास्युटिकल बनावटहरू औषधि पसलबाट बिक्री नगर्नु : स्वास्थ्य मन्त्रालय

मिश्रित फर्मास्युटिकल बनावटहरू औषधि पसलबाट बिक्री नगर्नु : स्वास्थ्य मन्त्रालय

images
२०८१ माघ १५ गते, मंगलवार
२०८१ माघ १५ गते, मंगलवार
  • काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालले स्वास्थ्यका नियामक निकायहरूमा दर्ता नभएका भिटामिन तथा खनिज जस्ता मिश्रित फर्मास्युटिकल बनावटहरू औषधि पसलहरुबाट बिक्री नगर्न चेतावनी दिएको छ।

    images

    मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले मिश्रित फर्मास्युटिकल बनावटहरू (ट्याबलेट, क्याप्सुल, झोलहरु) न्युट्रास्युटिकल्सका नाममा औषधि पसलहरूबाट बिक्री वितरण भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै औषधि पसलहरुबाट विक्री नगर्न भनेको हो।

    images

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्युट्रास्युटिकल्सलाई खाद्य वा आहारपूरक सामग्रीका रूपमा दर्ता गरी बिक्री वितरण अनुमति दिएकोमा औषधि व्यवस्था विभागले दायर गरेको रिटमा सर्वोच्च अदालतले बिक्री वितरण नगर्न फैसला गरेको मन्त्रालयले जानकारी गराएको छ।

    मन्त्रालय तथा स्वास्थ्य सम्बद्ध निकायहरूले यस्ता सामग्री र न्यूट्रास्युटिकल्सलाई औषधिका रूपमा दर्ता गर्ने वा बिक्री वितरणको अनुमति नदिएको विज्ञप्तिमा उल्लेख छ। यस्ता उत्पादनहरूको जफत र कारबाहीको काम नियमित रूपमा गर्दै आएको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनस्वास्थ्य सेवा ऐन २०७५ दफा ४५९२० मा “मानसिक तथा शारीरिक स्वास्थ्यलाई असर गर्ने कुनै सामग्री तथा सेवातर्फ आकर्षित गर्ने गरी गलत वा भ्रामक सूचना राखी विज्ञापनको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न नपाइने उल्लेख भएकाले यस मन्त्रालय सबै स्वास्थ्य संस्थालाई ऐन बमोजिम गर्नुहुन तथा गलत तथा भ्रामक विज्ञापनहरू प्रचारप्रसार गर्ने स्वास्थ्य संस्थाहरूलाई कानुनबमोजिम कारबाही गर्नु गराउनुहुन सबै सरोकारवालामा अनुरोध गर्दछ।’

    मन्त्रालयले यस्ता अवैध अभ्यासहरूविरुद्ध कडा कारबाही गरिने चेतावनी दिएको छ। कहिँकतै यस्तो कार्य भएको पाइएमा मन्त्रालयमा गुनासो पठाउन मन्त्रालयले अनुरोध गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend