मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौंमा सार्वजनिक स्थानमा फोहोर फाल्न निषेध : फालेमा पन्ध्र हजार रुपैयाँसम्म जरिवाना

काठमाडौंमा सार्वजनिक स्थानमा फोहोर फाल्न निषेध : फालेमा पन्ध्र हजार रुपैयाँसम्म जरिवाना

images
२०८१ माघ १५ गते, मंगलवार
२०८१ माघ १५ गते, मंगलवार
  • काठमाडौं। काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्न निषेध गरेको छ।

    images

    महानगरपालिकाले मंगलबार एक सुचना जारी गर्दै काठमाडौं महानगर भित्रका सार्वजनिक स्थलहरुमा फोहोर फाल्न निषेध गरिएको जनाएको छ।

    images

    `काठमाडौं महानगरपालिका क्षेत्रका घर, कम्पाउण्ड तथा परिसरको फोहोरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्ने जस्ता कार्यले शहर फोहोर तथा दुर्गन्धित हुने साथै जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्य गर्न प्रतिवन्ध लगाइएको´ जारी सुचनामा भनिएको छ।

    यस्ता कार्यहरू कहीँकतै कसैले गरेमा काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५२ (च) वमोजिम पाँच हजारदेखि पन्ध्र हजार रुपैयाँसम्म जरिवाना हुने वातावरण ब्यवस्थापन विभागले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend