मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

संसदको हिउँदे अधिवेशनको ओपनिङ १८ गते, पहिलो बैठकमा नै अध्यादेश पेश हुने

संसदको हिउँदे अधिवेशनको ओपनिङ १८ गते, पहिलो बैठकमा नै अध्यादेश पेश हुने

images
२०८१ माघ १४ गते, सोमवार
२०८१ माघ १४ गते, सोमवार
  • काठमाडौं। सरकारले संसद छलेर अध्यादेश ल्याएपछि फरकफरक कित्तामा धारणाहरु आइरहँदा सभामुख देवराज घिमिरे भने प्रतिनिधि सभाको हिउँदे अधिवेशनको तयारीमा जुटेका छन।

    images

    माघ १८ गतेका लागि संसदको हिउँदे अधिवेशन बोलाइएको छ। संसद सुचारु गर्ने बारे सभामुख देवराज घिमिरेले सोमबार संसदमा प्रतिनिधित्व गर्ने प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफलसमेत गरे।

    images

    नेकपा एमालेका मुख्य सचेतक महेश वर्तौलाले सभामुखले बोलाएको बैठकमा संसदको आगामी अधिवेशन र कार्यव्यवस्था परामर्श समितिको बैठक बारे छलफल भएको जानकारी दिए।

    `सभामुखले बोलाएको बैठकमा हिउँदे अधिवेशनको ओपनिङका विषयमा छलफल भएको छ, बैठकमा मंगलबार बस्ने कार्यब्यवस्था परामर्श समितिको बैठकका एजेण्डा बारे छलफल भएको छ,´ बर्तौलाले भने।

    बर्तौलाका अनुसार सभामुखले डाकेको बैठकमा माघ महिनासम्म चल्ने संसद् बैठकको क्यालेन्डर पनि तय गरिएको छ।

    जसअनुसार आगामी माग १८ गते संसद्को हिउँदे अधिवेशन सुरु हुनेछ। बैठकको पहिलो दिन नै अध्यादेशहरू पेस हुनेछन। त्यसपछि माघ २२, २३ र २४ गते लगातार संसद् बैठक बस्नेछब्भने माघ २२ गते अध्यादेशहरू निर्णयार्थ पेस गरिनेछ।

    माघ २५,२६ र २७ गते संसदीय समितिको बैठकहरू बस्न समय तोकिएको छ। माघ २९ र ३० गते पुनः संसद् बैठक बस्ने छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend