काठमाडौं। सरकारले पर्वतारोहीका लागि कल्याणकारी काेष बनाउने तयारी गरेको छ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्वतारोहीका लागि कल्याणकारी काेष बनाउने उद्घाेष गरेका हुन। आईतबार गाेरखाकाे चुमनुब्रीमा आयाेजित सबैभन्दा छाेटाे समयमा विश्वकाे सर्वाेच्च शिखर सगरमाथा आराेहण गरि विश्व किर्तिमान् कायम राख्ने फुन्जाे जाङ्माे लामासहितका आराेहीलाई सम्मान गर्दै मन्त्री पाण्डेले सो विषयमा बोलेका हुन्।
`पर्वताराेहीका लागि कल्याणकारी काेष बनाउँदै छाैं, पर्यटन विभागले पर्वतारोहणका क्रममा रहनु भएकाहरू लक्षित कल्याणकारी काेष बनाउनेबारे छलफल अघि बढाएकाे छ, काेही पनि पर्वतारोहण गर्दा अफ्ट्यारो पर्दा सरकार साथमा छ भन्ने आभास दिलाउने छाैं।´ मन्त्री पाण्डेले भने।
उनले मुलुक संस्कृति र प्रकृतिले विविधतायुक्त रहेकाे उल्लेख गर्दै पर्यटकहरूका लागि समेत नेपाल उपयुक्त गन्तव्य रहेकाे बताए।
मन्त्री पाण्डेले नेपालमा पर्यटकहरू भित्र्याउनका लागि नेपालकाे आकाश सुरक्षित र चलायमान छ भन्ने वातावरण बनाउन सकेकाे अवस्थामा र अफ्ट्यारो पर्दा सहज रूपमा उद्वार गर्न सकिएकाे अवस्थामा पर्यटकहरू सहजै रूपमा आउने समेत दाबी गरे।
पाण्डेले पर्यटकहरूलाई `अथितिदेवाे भव´काे सत्कार दिएकाे अवस्थामा एक पटक आएका पर्यटक पटकपटक आउने समत दाबी गरे।



