मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

संसद अधिवेशनबारे छलफल गर्न सभामुख र पाँच दलको बैठक

संसद अधिवेशनबारे छलफल गर्न सभामुख र पाँच दलको बैठक

images
२०८१ माघ १४ गते, सोमवार
२०८१ माघ १४ गते, सोमवार
  • काठमाडौं। आसन्न संसद अधिवेशनबारे छलफल गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पाँच दलको बैठक डाकेका छन।

    images

    सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने पाँच दललाई आज सोमबार ११ बजेका लागि छलफलका लागि बोलाएका हुन। बैठक केही बेरमा नै सुरुहुँदै छ।

    images

    सभामुख घिमिरेले प्रमुख पाँच राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सभामुखको कार्यकक्ष सिंहदरबारमा छलफल गर्ने र त्यसका लागि दलबाट नेताहरु सिंहदरबार आउने क्रममा रहेको सभामुखको सचिवालयले बताएको छ।

    आगामी माघ १८ गते बोलाइएको संसदको हिउँदे अधिवेशनबारे छलफल गर्न भन्दै आइतबारसमेत सभामुख घिमिरेले सत्तारुढ दल र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।

    संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा केही दिन अघि मात्र सरकारले अध्यादेश ल्याएपछि ती अध्यादेशको पक्ष र विपक्षमा आवाजहरु उठिरहेको छ। सत्ताको प्रमुख सारथि दल नेपाली कांग्रेस भित्र पनि अध्यादेशका बिषयमा फरक फरक मत आइरहेको छ।

    कांग्रेसले समेत अध्यादेशका विषयमा आफ्ना नेता, मन्त्री तथा सांसदहरूसँग छलफल गरिरहेको छ। सभामुख घिमिरेले समेत संसदलाई अघि बढाउने तयारीबारे दलका नेताहरूसँग छलफल गरेर टुंगोमा पुग्ने तयारी गरेका हुन।

    तर विपक्षी दलहरू भने अध्यादेशका कारण सरकारसँग आक्रोशित बनेका छन्। प्रतिपक्ष दल अध्यादेशको विपक्षमा संसदमा चर्को आवाज उठाउने तयारीमा छन् भने सत्तापक्ष त्यसको बचाउका लागि तयारी बैठकमा आफ्ना सांसदहरूलाई एकढिका बनाउन ब्यस्त छन।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend