मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

अचानक प्रधानमन्त्रीले किन बोलाए सत्ता गठवन्धन बैठक?

अचानक प्रधानमन्त्रीले किन बोलाए सत्ता गठवन्धन बैठक?

images
२०८१ माघ १३ गते, आइतवार
२०८१ माघ १३ गते, आइतवार
  • काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारका लागि सत्तारुढ दलहरुको बैठक बोलाएका छन।

    images

    सरकारले ल्याएको विभिन्न अध्यादेशका बारेमा प्रमुख सत्ता सहयात्री दल नेपाली कांग्रेस भित्र मतान्तर देखिंदा प्रधानमन्त्रीले गठबन्धनको बैठक डाकेका हुन।

    images

    प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक सोमबार साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको हो।

    बैठकमा आसन्न हिउँदे अधिवेशन,अधिवेशनमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीबारे छलफल हुने नेताहरु बताउँछन।

    सत्तापक्षमा हाल एमाले, कांग्रेस, जसपा, जसपा नेपाल, नाउपा र जनमत पार्टी रहेका छन्। माघ १८ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend