आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

भक्तपुरको बालकोटमा खुल्यो आरोग्य फुड्स प्रालि, केके पाइन्छ?

भक्तपुरको बालकोटमा खुल्यो आरोग्य फुड्स प्रालि, केके पाइन्छ?

images
२०८३ कार्तिक २१ गते, शनिवार
२०८३ कार्तिक २१ गते, शनिवार
  • भक्तपुर। स्वच्छ तथा गुणस्तरीय उत्पादन उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यसहित भक्तपुरको सूर्यविनायक नगरपालिका–३, बालकोटमा आरोग्य फुड्स प्रालि सञ्चालनमा आएको छ।

    images

    आम उपभोक्ताको स्वास्थ्य प्रतिको चासोलाई सम्बोधन गर्दै बालकोट पानीटंकी नजिकै आरोग्य फुड्स प्रालि सञ्चालनमा ल्याइएको हो। प्रालिको शनिबार जीवन विज्ञान प्रतिष्ठानका जीवन विज्ञान विशेषज्ञ तथा संस्थापक रमेश नेपालले उद्घाटन गरे।

    images

    प्रालिको उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले  नेपालमा पछिल्लो समय स्वास्थ्यलाई सबैभन्दा ठूलो धन मान्ने संस्कारको विकास हुँदै गएको बताए।

    `पहिले शिक्षा धनम सर्वधनम प्रधानम भन्ने गरिन्थ्यो, अहिले स्वास्थ्य धनम सर्वधनम प्रधानम भन्ने गरिएको पाइन्छ, अहिले स्वास्थ्यलाई सबैभन्दा ठूलो धन मान्ने संस्कारको विकास हुँदै गएको छ।´ जीवन विज्ञान विशेषज्ञ तथा संस्थापक नेपालले भने।

    नेपालले अहिले स्वस्थकर खानेकुराप्रति आम मानिसको आकर्षण बढ्न थालेको र मानिसको खानेकुरा प्रतिको मनस्थिति बदलिएको बताए।

    `पहिले खानेकुरा मात्र खोजिन्थ्यो, त्यसपछि खानेकुरा मात्र भएर पनि भएन, मिठो खानेकुराको खोजी हुनथाल्यो, अहिले मिठो मात्र होइन, स्वस्थ खानेकुरा प्राथमिकतामा पर्न थालेको छ।´ नेपालले भने।

    नेपालले मानिसले जीवनलाई स्वस्थ बनाउन आरोग्य जीवनलाई आफ्नो जीवन बनाउनु पर्नेमा पनि जोड दिए।

    `आहार, विहार, विचार र ब्यवहारमा सामन्जस्यता भए जीवन आरोग्य हुन्छ।´ नेपालले भने।

    आरोग्य फुड्स प्रालिले नामअनुसारकै गुणस्तर कायम गर्नुपर्नेमा जोड दिँदै उनले खाद्य सामग्री कहाँ उत्पादन भएको हो, कति उचाइमा फलेको हो र त्यसको विशेषता के हो भन्ने विवरणसमेत उल्लेख गरेर बिक्री गर्न सुझाव दिए।

    ‘उत्पादनको स्रोत र गुणस्तरबारे उपभोक्तालाई स्पष्ट जानकारी दिन सके आरोग्य फुड्स काठमाडौं उपत्यकामा मात्र नभई देशभर र विदेशमा समेत लोकप्रिय बन्न सक्छ,’ उनले भने।

    व्यवसायमा आफ्नो मात्र नभई अरूको भाग्य र भविष्य पनि जोड्न सक्ने कला आवश्यक रहेको उनको भनाइ थियो। 

    आरोग्य फुड्सकी व्यवस्थापक रगिता बस्नेतले स्थानीयवासीलाई स्वच्छ र स्वस्थ सामग्री उपलब्ध गराउने उद्देश्यले संस्था स्थापना गरिएको बताइन्। गुणस्तरीय उत्पादनमार्फत स्वस्थ समाज निर्माणमा योगदान पुर्याउने संस्थाको लक्ष्य रहेको उनको भनाइ थियो।

    जीवन विज्ञान परिषद् बागमती प्रदेश संयोजक सन्तोष खड्काले आरोग्यता कुनै एउटा समुदायको मात्र नभई विश्वकै साझा एजेन्डा भएको बताए। जीवन विज्ञानले पनि आरोग्यतालाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै उनले संस्थालाई दीर्घकालीन रूपमा अघि बढाउन उत्पादनको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने सुझाव दिए। नामअनुसारको काम गर्न सके संस्था सफल हुने भन्दै उनले डिजिटल माध्यमबाट प्रचारप्रसारलाई समेत प्रभावकारी बनाउन आग्रह गरे ।

    जिल्ला सहकारी संघ भक्तपुरका कोषाध्यक्ष राजकुमार सिलवालले नाफामुखी संस्थाहरू खुल्ने क्रम बढिरहेका बेला स्थानीय क्षेत्रमा आरोग्य फुड्स स्थापना हुनुले यहाँका बासिन्दालाई गुणस्तरीय सामग्री उपभोग गर्ने अवसर मिल्ने बताए।

    महालक्ष्मी नगरपालिका–५ का वडाध्यक्ष कपिल केसीले आफ्नो क्षेत्रमा समेत आरोग्य फुड्सका उत्पादन स्थानीयवासीले उपभोग गर्न थालेकोमा खुसी ब्यक्त गरे। समाजलाई स्वस्थ बनाउने उद्देश्यसहित अघि बढेको संस्थाको अभियान सफल हुने विश्वास उनले व्यक्त गरे।

    आरोग्य फुड्सका अध्यक्ष बलराम खड्काले संस्थाका उत्पादन उपभोग गरेर गुणस्तरबारे प्रतिक्रिया दिन आग्रह गरे। उनले सबै नागरिक स्वास्थ्य प्रति सचेत रहेको अवस्थामा आरोग्य फुड्स प्रालिले स्वास्थ्यलाई प्राथमिकताको मुल लक्ष्य बनाएको बताए।

    कार्यक्रममा मानव कल्याण समाजकी संस्थापक अध्यक्ष सुमित्रा चौलागाईंले कर्मयोग र सेवाभावको महत्वमाथि प्रकाश पारिन्। कर्मयोगी मानिसलाई भगवानले समेत साथ दिने उनको भनाइ थियो। कार्यक्रमको सञ्चालन समेत उनैले गरेकी थिईन्।

    उद्घाटन समारोहमा अष्टलक्ष्मी पञ्चेबाजा समूहले पञ्चेबाजा प्रस्तुत गरेर कार्यक्रमलाई सांस्कृतिक रौनक दिएको थियो। कार्यक्रमको अन्त्यमा देउसी खेलेर उपस्थित सबैलाई सञ्चालक चौलागाईंले नचाएकी थिईन।

    शनिबारदेखि औपचारिक रुपमा संचालनमा आएको आरोग्य फुड्स प्रालिमा तोरीको तेल, घ्यु, मह, फलफुल, सख्खर, दाल, गेडागुडी, मकैको च्याख्ला, चामल तथा मकैको पिठो, जौको पिठो, जौको चामल, ड्राइफ्रुट्स, लगायतका दैनिक उपभोग्य खाद्य  सामग्री उपलब्ध हुनेछ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend