आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

भीमफेदी दुर्घटनाका १४ मृतकको शव हेटौंडा अस्पतालमै, आफन्तले बुझेनन् शव

भीमफेदी दुर्घटनाका १४ मृतकको शव हेटौंडा अस्पतालमै, आफन्तले बुझेनन् शव

images
२०८३ कार्तिक २७ गते, शुक्रवार
२०८३ कार्तिक २७ गते, शुक्रवार
  • हेटौंडा। बिहीबार बिहान भीमफेदीमा ईभी माइक्रो दुर्घटना हुँदा मृत्यु भएका १४ जनाका आफन्तले उचित क्षतिपूर्ति नपाएसम्म शव नबुझ्ने अडान लिएका छन्। मृतक सबैको शव हेटौँडा अस्पतालमा राखिएको छ।

    images

    मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार बिहानै ईभी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। घाइतेहरूको भरतपुर काठमाडौँमा उपचार जारी छ।

    images

    दुर्घटनामा मृत्यु भएका मृतकका आफन्तले क्षतिपूर्ति, रोजगारी र उपचारको व्यवस्था लगायतका माग राखेर शव बुझ्न मानेका छैनन्।

    मृतकका आफन्तले पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने तथा घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने माग राखेका छन्। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend