आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

जनस्वास्थ्य समस्या नियन्त्रणमा बहुक्षेत्रीय सहकार्य सहितको राष्ट्रिय रणनीति आवश्यक

जनस्वास्थ्य समस्या नियन्त्रणमा बहुक्षेत्रीय सहकार्य सहितको राष्ट्रिय रणनीति आवश्यक

images
२०८३ कार्तिक २७ गते, शुक्रवार
२०८३ कार्तिक २७ गते, शुक्रवार
  • काठमाडौँ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले समसामयिक जनस्वास्थ्यका विषयमा विज्ञ चिकित्सकहरुसँग अनुभव आदानप्रदानसहित भावी रणनीति बारे छलफल गरेको छ।

    images

    महाशाखाले हाल जनस्वास्थ्य समस्याको रुपमा रहेको स्क्रब टाइफस, डेंगी, सर्पको टोकाइ तथा रेविज रोगको रोकथाम तथा नियन्त्रण बारे शुक्रबार महत्त्वपूर्ण छलफल आयोजना गरेको हो।

    images

    उक्त छलफलमा महाशाखाका पुर्व निर्देशक एवम जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीसमेत सहभागी थिए भने मुख्य जनस्वास्थ्यका समसामयिक चार बुँदामा छलफल भएको थियो।

    छलफलका क्रममा स्क्रब टाइफस रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय सहकार्य सहितको राष्ट्रिय रणनीति बनाउनु पर्ने सुझाव प्राप्त भएको महाशाखाले जनाएको छ।

    यसैगरी कीटजन्य अन्य रोगहरु जो छिमेकि मुलुकमा देखिएका छन् त्यस्ता रोगहरु समेतको पेरिओडिक रुपमा रक्त नमुना परिक्षण गरि निगरानी  गर्नुपर्ने कुरामा छलफलमा जोड दिइएको छ।

    यस्तै विगतमा महाशाखाले विपत प्रतिकार्यमा गरेका प्रयाससम्वन्धि अनुभवहरुका बारेमासमेत विस्तृतमा छलफल भएको थियो।

    उक्त छलफलका क्रममा जाजरकोट जिल्लामा विगतमा फैलिएको हैजा नियन्त्रण, सुनसरीका बिभिन्न क्षेत्रहरुमा फैलिएको जापनिज इन्सफलाइटिस नियन्त्रण, भूकम्प पश्चात नेपालमा देखापरेको स्क्रब टाइफस जस्ता रोगहरूको प्रतिकार्यमा गरेका प्रयाससम्वन्धि अनुभवहरु साझा गरिएको थियो।

    यसैगरी एन्टी स्नेक भेनम तथा एन्टी रबेज भ्याक्सिनको नेपालमा उत्पादन गर्ने प्रयोजनले विगतमा भएका प्रयासहरुका सम्वन्धमा र आगामी दिनमा गर्न सकिने शुरुवात जस्ता बिषयमा समेत छलफलमार्फत राय सुझाव लिइएको महाशाखाले जनाएको छ।

    उक्त छलफलमा महाशाखाका निर्देशक डा. अनुज भट्टचनका साथै कीटजन्य शाखा र जोनो टिक तथा अन्य सरुवा रोग शाखा प्रमुखकोसमेत उपस्थिति थियो।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend